विकू बचतमा २ सहकारी गाभिए, २ अरब कुल पूँजी पुर्याउने लक्ष्य
नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा दुईवटा सहकारी गाभिएका छन् । श्री गणेश बचत तथा ऋण सहकारी संस्था र दाजु–बहिनी बचत तथा ऋण सहकारी संस्था विकू सहकारीमा गाभिएका हुन् ।
विकू बचतका अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षतामा यहि पौष ४ गते सम्पन्न भएको साधारण सभाले यस्तो निर्णय गरेको हो भने यस अघिनै श्री गणेश र दाजु–बहिनी बचतको साधारण सभाले गाभिने निणर्य गरिसकेका छन् । एकिकरण पछि संस्थाको कुल पूँजी करिब १ अरब ५२ करोड र सदस्य संख्या २२ हजार पुग्ने साधारण सभामा जानकारी गराइएको छ ।
गैडाकोट ८ मा २५ बर्ष अगाडि ५० पैसावाट सुरु गरिएको विकू बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षमा करिव साँढे ४ करोड नाफा आर्जन गरेको छ । गैडाकोटको विजय सामुदायिक शिक्षा सदनको प्राङगणमा भएको २६ औं साधारणसभा तथा रजतमहोत्सवमा कोषाध्यक्ष कालिदास गौडेलले आगामी बर्ष साँढे ६ करोड नाफा आर्जन गर्ने आर्थिक प्रतिवेदन प्रस्तुत गरे । विकुको सम्पति सवा अर्ब पुगेको पनि उनले बताए ।
प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सचिव वीरभद्र सापकोटाले २० हजार सेयर सदस्य पुगेको जानकारी दिदै आगामी बर्ष २५ हजार सेयर सदस्य पुर्याउने वताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैङकका गभर्नर डा चिरन्जिवी नेपालले सहकारीले बचत गर्ने बानीको विकास गरि वित्तिय कारोबारमा सर्वसाधारणको आकर्षण बढाएकोमा खुसी व्यक्त गरे । बचत संगै आफ्नो रकम कहाँ कसरी परिचालन हुन्छ र सहकारीमा आयव्यय के कती छ जानकारी लिईराख्न सेयर सदस्यहरुलाई आग्रह गरे ।
यस्तै रजत महोत्सवका अवसर निकालिएको विकू रजत ग्रन्थ पनि आजै विमोचन गरिएको छ । रजत महोत्सवको अवसरमा विकूले विभिन्न व्यक्ती तथा संस्थाहरुलाई सम्मान गरेको छ । संस्थाले बर्ष कर्मचारीको रुपमा रामप्रसाद भुषाल र विवश न्यौपानेलाई तथा बर्ष सञ्चालकको रुपमा गोविन्द रिमाललाई सम्मान गरेको छ । संस्थालाई सहयोग गर्ने ५ दर्जन संघसंस्था तथा ब्यक्तिलाई पनिसम्मान गरिएको विकु बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिए ।
रजत महोत्सवका अवसरमा विकुले आफ्नो सेवाका बारेमा जानकारी दिन कृषी उत्पादन, हस्तकला खेलौना तथा सजावटका सामाग्रीको स्टल हरु प्रदर्शनीमा राखेको थियो । २०४८ सालमा दैनिक पचास पैसा संकलन गरि सुरु गरिएको विकुले यस आर्थिक वर्षमा कुल पुजिँ २ अरब पुर्याउने लक्ष्य लिएका छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
