२१ कात्तिक २०८३, शनिवार

बचत तथा ऋण सहकारीलाई एकरुपता र एकीकरणमा लाग्न आग्रह

२०७२ पुष ७, मङ्गलबार
बचत तथा ऋण सहकारीलाई एकरुपता र एकीकरणमा लाग्न आग्रह

सिमरा । बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले जिल्लाका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकरुपता प्रणालीमा लाग्न र धेरै सहकारीहरु भएको स्थानमा एकीकरण प्रक्रियामा प्रतिवद्धताको लागि आग्रह गरेको छ ।
सोमबार सिमरामा बसेको वैठकले सहकारीहरुको बढदो संख्यासंगै सेवामा गुणस्तरीयता र असल व्यवस्थापनमा जोखिम र विकृतिहरु देखिएकोले एकरुपता र एकीकरणमा जानु अनिवार्य रहेको निष्कर्ष निकालेको छ । वैठकले सबै सहकारीहरुलाई सिद्धान्त र मूल्यमान्यताको आधारमा काम गर्न र विकृतिहरुको समाधानमा सहयोगी हुनसमेत सहकारीकर्मीहरुलाई आग्रह गरेको छ ।
वैठकले पुस २८ गते छैटौं वार्षिक साधारणसभा मनहर्वाको बडहर्वामा आयोजना गर्ने निर्णय गरेको छ । यसअघि कातिक २१ गते गर्ने तय भएपनि असहज परिस्थितिका कारण स्थगित भएको थियो । साकोस एकरुपता प्रणालीको सन्दर्भमा पुस २७ गते निजगढमा गोष्ठि आयोजना गर्ने निर्णयसमेत वैठकले गरेको छ ।
वैठकले मधेश आन्दोलन र नाकाबन्दीका कारण सहकारीहरु सञ्चालन र व्यवस्थापनमा समस्याहरु देखा परिरहेकोले तत्काल समस्याको समाधान गरी सहज वातावरण निर्माण गर्न सम्वद्ध पक्षहरुलाई आग्रह गरेको छ । असहज परिस्थितिका वावजुद अधिकांश सहकारीहरुले वार्षिक साधारणसभा सम्पन्न गरेको समिक्षा गर्दै बांकी सहकारीहरुलाई पनि पर्याप्त सदस्य सूचना र सहभागितासहित सम्पन्न गर्न आह्वानसमेत वैठकले गरेको छ ।
 

अभिलेख

लोकप्रिय