सहकारीमा आन्तरिक लेखा परिक्षणका टिप्स
शशिधर पाेखरेल /
कुनै पनि संगठनमा राखिएका अभिलेखहरु निति अनुरुप भएको छ छैन भनेर संगठन भित्रकै कुनै इकाईले परिक्षण गर्नेकाम नै आन्तरिक लेखा परिक्षण हो । यो कार्य नियमित लेखापरिक्षणको अवधारणा अनुरुप नै गर्ने गरिन्छ । सहकारी संस्थाहरुमा आन्तरिक लेखा परिक्षणको कार्य गर्नका लागि साधारण सभाबाट नै एक संयोजक र २ जना सदस्य रहेको स्वतन्त्र निकाय का रुपमा लेखा समिति गठन गरिएको हुन्छ । जुन साधारण सभा प्रति जवाफदेही हुन्छ । यो समिति सञ्चालक समिति प्रति जवाफदेही नहुने कारणले गर्दा स्वतन्त्रता पूर्वक निर्भिक रुपमा आफ्नो कार्य सम्पादन गर्ने कार्य गर्दछ ।
लेखा समितिले संस्थाको लेखा परिक्षण गर्दा मूलत निम्न कुराहरुमा विचार पुर्याउनु पर्दछ ।
1. संस्थाले राखेका लेखा अभिलेखहरु सहकारी ऐन, नियमावली, संस्थाको विनियम, तथा प्रचलित लेखा निति अनुरुप राखिएको छ कि छैन
2. साधारण सभाको निर्णय तथा बार्षिक कार्यक्रमहरुको कार्यान्वयनको अवस्था,
3. बजेटका आधारमा खर्च गर्ने गरे नगरेको,
4. सदस्यहरुले नियमानुसार पाउनुपर्ने सुविधा पाए नपाएको,नियमानुसार तरलता भए नभएको,
5. बित्तियि स्थिति अद्यावधिक भए नभएको
6. शेयर, बचत तथा कर्जाको अनुपात, लेखा कारोबार मा पर्याप्त प्रमाण भए नभएको,
7. अगाडीका सुझाव कार्यान्वयन भए नभएको आदी कुराहरुको अध्ययन गरेर प्रतिवेदन पेश गर्नु पर्दछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार