२१ कात्तिक २०८३, शनिवार

साझा सहकारीबाट महानगरले पायो २ लाख कित्ता शेयर

२०७२ पुष ५, आईतवार
साझा सहकारीबाट महानगरले पायो २ लाख कित्ता शेयर

काठमाडौं । साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकालाई दुई लाख कित्ता शेयर दिएको छ । उक्त सेयरको प्रति कित्ता एक सय रूपैयाँका दरले २ करोड रुपैयाँ बराबर हुन आउने छ ।

संस्थाका कायममुकायम कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले महानगरमा पुगेर कार्यकारी अधिकृत रूद्रसिंह तामाङलाई शुक्रबार सेयर हस्तान्तरण गरे ।

सहरी यातायात सेवा सञ्चालनका लागि भएको दुई पक्ष बीचको सम्झौता बमोजिम महानगरले पहिलो चरणमा २ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

कार्यक्रममा पाण्डेयले बस खरिदका लागि ग्लोवल टेण्डर भइसकेको जनाउँदै बाँकी ८ करोड रुपैयाँ प्राप्त गरेपछि महानगरलाई १० लाख कित्ता शेयर दिइने र यातायात सञ्चालनलाई दिगो बनाउन काम गरिने जानकारी दिए ।

महानगर र साझाको सहरी यातायात सञ्चालन सम्बन्धी सम्झौतामा महानगरले २ करोड रुपैयाँ उपलब्ध गराउने, त्यसपछि साझाले बस खरिदका लागि साझाले काम थालनी गर्ने भनिएको छ ।

यस्तै, बस खरिद प्रक्रिया अघि बढेपछि बााकी ८ करोड रुपैयाँ साझालाई उपलब्ध गराउने भनिएको छ । यसरी उपलब्ध गराइएको रकम बराबरको शेयर साझाले महानगरलाई उपलब्ध गराउने छ ।

कार्यकारी अधिकृतले तामाङले दिगो सहरी यातायातका लागि साझा यातायातसागको सहकार्यले गरेको बताए । कार्यकारी अधिकृत तामाङले विद्युतीय यातायात सञ्चालनका गर्ने कामको पनि थालनी भएको बताए ।

अभिलेख

लोकप्रिय