सहकारीको नियमन र सुशासनमा सरकार गम्भिर छ : सहकारी मन्त्री
काठमाडौं । उपप्रधान एवंम सहकारी तथा गरीवी निवारण मन्त्री चित्रबहादुर केसीले नेपालको सहकारी अभियानको नियमन र सुशासनमा सरकार गम्भिर रहेको बताएका छन् । सहकारीलाई सम्वैधानिक रुपमा सम्वोधन गरिएको बताउँदै केसीले प्रभावकारी र अभियानमैत्री कानूनको पक्षमा आफु रहेको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २४ औं वार्षिक साधारणसभा बाेल्दै केसीले सहकारीका विद्यमान बेथिति र विकृतिहरुलाई न्युनीकरणका लागि अभियान र केन्द्रीय संघहरु जिम्मेवार हुनुपर्ने बताए । त्यस्तै राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव बडालले विद्यमान बन्द, नाकाबन्दी र विभिन्न प्रतिकुलतावीच सदस्यहरुको उत्साहजनक सहभागिताले अभियानमा उर्जा थपेको बताए ।
नेफ्स्कून अध्यक्ष एवम् एशियाली ऋण महासंघ (आकु) का कोषाध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाको सहजीकरण महासचिव परितोष पौड्याल र स्वागत बरिष्ठ उपाध्यक्ष डिबि बस्नेतले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
