२१ कात्तिक २०८३, शनिवार

मुलुककै सर्वोत्कृष्ट सहकारी किसान साकाेस, जिल्ला संघमा चित्तवन

२०७२ पुष ३, शुक्रबार
मुलुककै सर्वोत्कृष्ट सहकारी किसान साकाेस, जिल्ला संघमा चित्तवन

काठमाडाैं । मुलुककै सर्वोत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा किसान बचत तथा ऋण सहकारी संस्था गैंडाकोट सम्मानित भएको छ । त्यसैगरी महिला तर्फ मकवानपुरको महिला जनचेतना साकोस चुरियामाई मुलुककै महिलाहरु सञ्चालित उत्कृष्ट सहकारी संस्था र जिल्ला संघमा चित्तवन जिल्ला बचत तथा ऋण सहकारी संघ सर्वोत्कृष्ट सहकारी संघको रुपमा सम्मानित भएको छ ।

त्यसैगरी पूर्वाञ्चलमा हाम्रो साकोस उर्लावारी, मध्यमाञ्चलमा स्रोत परिचालन धादिङ, पश्चिमाञ्चलमा गैंडाकोट, मध्यपश्चिममा विश्वासिलो बर्दिया र सुदुर पश्चिममा जनज्योती कञ्चनपुरलाई विकास क्षेत्रस्तरीय उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएकाे हाे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २४ औं वार्षिक साधारणसभामा यि संस्थाहरु सम्मानित भएकाे हाे ।

अभिलेख

लोकप्रिय