२१ कात्तिक २०८३, शनिवार

सहकारीको नियमन र सुशासनमा सरकार गम्भिर छ : सहकारी मन्त्री

२०७२ पुष ३, शुक्रबार
सहकारीको नियमन र सुशासनमा सरकार गम्भिर छ : सहकारी मन्त्री

काठमाडौं । उपप्रधान एवंम सहकारी तथा गरीवी निवारण मन्त्री चित्रबहादुर केसीले नेपालको सहकारी अभियानको नियमन र सुशासनमा सरकार गम्भिर रहेको बताएका छन् । सहकारीलाई सम्वैधानिक रुपमा सम्वोधन गरिएको बताउँदै केसीले प्रभावकारी र अभियानमैत्री कानूनको पक्षमा आफु रहेको बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २४ औं वार्षिक साधारणसभा बाेल्दै केसीले सहकारीका विद्यमान बेथिति र विकृतिहरुलाई न्युनीकरणका लागि अभियान र केन्द्रीय संघहरु जिम्मेवार हुनुपर्ने बताए । त्यस्तै राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव बडालले विद्यमान बन्द, नाकाबन्दी र विभिन्न प्रतिकुलतावीच सदस्यहरुको उत्साहजनक सहभागिताले अभियानमा उर्जा थपेको बताए ।

नेफ्स्कून अध्यक्ष एवम् एशियाली ऋण महासंघ (आकु) का कोषाध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाको सहजीकरण महासचिव परितोष पौड्याल र स्वागत बरिष्ठ उपाध्यक्ष डिबि बस्नेतले गरेका थिए ।

अभिलेख

लोकप्रिय