'बागमती'मा दयाहाङलाई रिप्लेस गर्ने को ?
काठमाडाैं । यही पुस २४ बाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘बागमती’को चर्चा यतिबेला चुलिंदो छ । राजेश हमालको कमब्याक भन्दै प्रचार गरिएको यो फिल्मको निर्माणसँग जोडिएको साउथ ईण्डियन प्रबिधी तथा सार्वजनिक ट्रेलर तथा टिजरको एक्शनले स्वभाविक रुपमा दर्शक तथा फिल्मी सुभचिन्तकहरुमा उत्सुकता बढेको पाईन्छ ।
यो बीचमा नयाँ खबर बाहिरिएको छ, यो फिल्ममा अर्का स्टार अभिनेता दयाहाङ राईले पनि अभिनय गर्ने पक्कापक्की भएपनि अन्त्यमा उनलेस्थान नपाएको कुरा सार्वजनिक भएको हो । जानकारीमा आए अनुसार फिल्मको स्कृप्ट पढेर ‘बागमती’मा अभिनयको लागी दयाहाङ तयार भएका थिए, तर अन्त्यमा उनले निभाउनुपर्ने पात्रले ट्रक चलाउनुपर्ने भयो, र त्यसको लागी दयाहाङ फिट भएनन् । ड्राईभिङको अनुभव नभएको बताएपछि निर्माण टिमले ट्रक नै किनेर उनलाई अबसर दिँदा समेत संभावना नदेखिएपछि उनी आउट भएको निर्माता दिनेश दर्शनधारीले बताए । तर नाम चलेको स्टारलाई समेट्न नसक्दा पनि उनको स्थान लिएर फिल्ममा आएका रविकर घिमिरेको कामले दर्शकलाई दयाहाङको अभाव महसुस हुन नदिने दाबी निर्देशकले समेत गरेका छन् ।
हाल भारतमै फिल्मको प्रोडक्शनको अन्तिम काममा व्यस्त निर्देशक सन्नि केरालाले फिल्ममा दयाहाङलाई रिप्लेस गर्दै प्रवेश गरेका रविकरको भूमिकाको तारिफ गर्दै उनको नाम नेपालको एक संभावना बोकेको अभिनेताको रुपमा चित्रित गरे । यो फिल्ममा रविकर र हमालसँगै एक्शन किङ शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की लगायत लिड रोलमा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
