२१ कात्तिक २०८३, शनिवार

सहकारीको विकासबाट नै आर्थिक विकास : सहकारी मन्त्री

२०७२ पुष २, बिहिबार
सहकारीको विकासबाट नै आर्थिक विकास : सहकारी मन्त्री

काठमाडौं । उपप्रधान एवंम सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारीको बिकासबाट नै आर्थिक विकास सम्भव हुने बताएका छन् ।

इन्टरनेशनल कोअपरेटिभ एलाईन्स(आइसिए) एशिया प्यासिफिक, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा राष्ट्रिय सहकारी संघको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले भने, ‘सहकारीबाट मात्रै गरिबी निवारण सम्भव छ ।’ नेपालको सहकारीमा संख्यात्मक विकास भएपनि गुणात्मक बिकास हुन नसकेको भन्दै मन्त्री केसीले भने, ‘गुणात्मक सहकारीले नै गरिबी हटाउन मद्वत गर्छ ।’

मन्त्री केसीले सहकारीमार्फत नेपालमा मात्र होइन सार्कमै आर्थिक बिकास गर्न सकिने विश्वास व्यक्त गरे । राज्यले सहकारीको बिकासका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीबिना अर्थतन्त्र अपूरो हुने बताए । सहकारीबाट नै देशमा कायापलट परिवर्तन ल्याउन सकिने उनको भनाई थियो । ‘सहकारीले नै गरिबी निवारण मात्र होइन, अर्थतन्त्र उकास्न सक्छ’ उनले भने ।

कार्यक्रममा आईसिएएपी रिजिनल डाइरेक्टर बालासुर्बमानि लायर, राष्ट्रिय सहकारी बिकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, सार्कका सचिव अर्जुनबहादुर थापा, मुख्य सचिव सोमलाल सुबेदी लगायतले सहकारीक्षेत्रको बिकासका लागि सहकारी मुमेन्ट र राज्य एक भएर लाग्नुपर्नेमो जोड दिए । कार्यक्रममा भारत, आईसिएका क्षेत्रीय प्रतिनिधि, बंगलादेशका सहकारी विभाग प्रमुख महाबुर रहमन, सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणी शर्मा लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

अभिलेख

लोकप्रिय