२१ कात्तिक २०८३, शनिवार

मेघा साना किसान कृषि सहकारीको दोस्रो साधारण सभा सम्पन्न

२०७२ पुष १, बुधबार
मेघा साना किसान कृषि सहकारीको दोस्रो साधारण सभा सम्पन्न

धादिङ । धादिङको गुम्दी गाउँ विकास समिति वडा नम्बर ७ मा रहेको मेघा साना किसान कृषि सहकारी संघको दोस्रो साधारण सभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।

सिता सिंखडाको अध्यक्षता, धादिङ निर्वाचन क्षेत्र नम्बर १ सांसद धन बहादुर घलेको प्रमुख आतिथ्य र साना किसान विकास बैंकका अध्यक्ष खेम पाठकको विषेश आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा डिभिजन सहकारी धादिङका प्रमुख कृष्ण बहादुर बोहोरा, सहकारी संघ धादिङका अध्यक्ष शिव बहादुर भण्डारी लगायतको आतिथ्य रहेको थियो ।

४८ लाख ९३ हजार ७ सय ६२ रुपँैयाको कारोबार गरेको संस्थाले ३ लाख ३ सय ७५ रुपैँया नाफा गर्न सफल भएको छ ।

अभिलेख

लोकप्रिय