धादिङमा १ करोडको पशु बिमा
धादिङ – गत आर्थिक वर्ष २०७१र ०७२ मा धादिङका किसानहरुले ९९ लाख ४३ हजार ५ सयको पशु बिमा गरेका छन् । सबैभन्दा बढी गाईमा पशु बिमा गराएका छन् । १ सय ५ वटा गाईमा बीमा गराएका हुन् । त्यस्तै १३ वटा चौरी, ९ वटा भैसी र २ सय ८ वटा बाख्रामा पशु बिमा गराएका छन् ।
जिल्ला पशु सेवा कार्यलय धादिङका सहायक पशु स्वास्थ्य प्राविधिक पुण्यवती खकुरालका अनुसार गत साउन महिनादेखि हालसम्म २२ हजार ८४ वटा पशुहरुको बिमा गरिएको छ । त्यसमध्ये ४ वटा गाई, ३१ वटा भैसी, ३४ वटा बाख्रा र २२ हजार कुखुराको बिमा गराएको हो । विमा बापत १४ लाख ९० हजार ५ सय रुपैया रकम संकलन भएको छ । भने प्रिमियम तर्फ ७४ हजार ५ सय संकलन भएका छन् ।
भूकम्पपछि पशु बिमा गराउनेको संख्या बृद्धि भएको छ । किसानहरुले समयमा नै पशु बिमा नगराउदा भूकम्पमा मरेका पशु चौपायहरुको क्षतिपूर्ति दिलाउन कठिन भएको पशु कार्यलयले जनाएको छ । धादिङमा पशु बिमा गराउनु पर्छ भन्ने कुरा थाहा नहुदा कम मात्रामा किसानहरुले बिमा गराएका छन् ।
बिमा गर्दा किसानहरुलाई आर्थिक रुपमा हुने क्षति र पशुपालन व्यवसाय तर्फ आकर्षण गराउनका लागि सरकारले वि।स। २०६९ माघ १ गते पशुबिमाको घोषणा गरेको थियो तर त्यो कार्यन्वयन हुन सकेको थिएन । २०७० साउन महिनादेखि देशैभर बिमा कार्यविधि लागु भएसँगै धादिङमा पनि सुरु भएको जिल्ला पशु सेवा कार्यलय धादिङका वरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगतले जानकारी दिए ।
सरकारले पशु बिमा गराउनका लागि देशैभर १७ वटा एजेन्टहरुलाई जिम्मा दिइएको छ । धादिङमा शिखर इन्सुरेन्सले जेटिय पास गरेका विभिन्न व्यक्तिहरु मार्फत पशु बिमा गराउदै आइरहेको छ । पुश बिमा गराउदा किसानहरुको हकमा फाइदाजनक हुने प्राविधिकहरुको भनाई छ ।
किसान बिमा कम्पनीमा पुगेपछि बिमा गर्ने गाईवस्तुको पशु प्राविधिकबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । प्राविधिकको स्वास्थ्य परीक्षण र गाईवस्तुको मूल्याङनको आधारमा पशु कार्यालय मातहतबाट बिमा गरिन्छ । बिमा गरिएको रकमको ७५ प्रतिशत सरकारले र २५ प्रतिशत स्वंयम किसानले बेहोर्नु पर्छ । अनुदान रकम किसानले फिर्ता गर्न नपर्ने सरकारी प्रावधान रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
