२१ कात्तिक २०८३, शनिवार

भुकम्प प्रभावित विद्यालयलाई सहकारी संघ बागलुङद्वारा ५० हजार सहयोग

२०७२ पुष १, बुधबार
भुकम्प प्रभावित विद्यालयलाई सहकारी संघ बागलुङद्वारा ५० हजार सहयोग

बागलुङ । भुकम्पबाट क्षतिग्रत बनेको अमरभूमि गाविस–९ मेहेलेस्थित बाल कल्याण प्राथमिक विद्यालयलाई जिल्ला सहकारी संघ लि. बागलुङले नगद ५० हजार रुपैया सहयोग गरेको छ ।

मंगलबार एक कार्यक्रमको बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर पुन र प्रधानाध्यापक कृष्णकुमारी पुनलाई ५० हजारको चेक जिल्ला संघले हस्तान्तरण गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति पूर्णप्रसाद ढुंगाना, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेत्रज्योती संघ बागलुङका सभापति ध्रुवबहादुर केसी, जिल्ला सहकारी संघका सचिव युक्तप्रसाद कंडेल, सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, बाल कल्याण प्राविका आर्थिक संकलन समितिका संयोजक घनश्याम ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला सहकारी संघले जिल्लामा क्रियाशिल विभिन्न सहकारी संघ संस्था र जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरुबाट १ लाख ६१ हजार रुपैया संकलन गरेको थियो । संकलित रकमबाट ५० हजार रुपैया उक्त विद्यालयलाई सहयोग गरेको संघले जनाएको छ । १ लाख रुपैया राष्ट्रिय सहकारी संघ मार्फत प्रधानमन्त्री राहतकोषमा तत्काल पठाइएको संघका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

अभिलेख

लोकप्रिय