२१ कात्तिक २०८३, शनिवार

सहकारीलाई ईगर्भनेन्समा लैजानुपर्नेमा जोड

२०७२ मंसिर २८, सोमबार
सहकारीलाई ईगर्भनेन्समा लैजानुपर्नेमा जोड

ललितपुर । मुलुकको सहकारी अन्दोलनलाई स्वच्छ र स्वस्थ रूपमा अगाडि बढाउन यसमा रहेका जोखिम न्यूनीकरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

पद्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित ‘वर्तमान परिप्रेक्षमा सहकारी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

डिभिजन सहकारी कार्यालय ललितपुरका सहकारी अधिकृत धर्मराज रोकायाले कार्यपत्र प्रस्तुत गर्दै सहकारीका सदस्यको बचत तथा संस्थाको लगानीको जोखिम न्यूनीकरणमा जोड दिइ । सहकारी ऋण सुरक्षण कोष, सहकारी बचत सुरक्षण कोष तथा सहकारी ऋण सुचना केन्द्रको आवश्यकता औंल्याए ।
सहकारीलाई इ गर्भनेन्समा लैजानुपर्ने भन्दै उनले सहकारीमा राजनीति मुक्त गर्दै व्यवस्थित बनाउन बौद्घिक समुहको आवश्यकता रहेको बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दैै आर्थिक पत्रकार जुनारबाबु बस्नेतले आत्मनिर्भर सम्भव भए त्यो केबल सहकारीबाट मात्र हुने भन्दै सहकारीले मात्रै उत्पादन र आत्मनिर्भर बनाउन सक्ने बताए । उत्पादनमूलक हुनलाई साधान र स्रोत पर्याप्त रहेको भन्दै उनले सहकारीका लागि अग्र्गानिक फर्म, फोहरको सदुपयोग गर्दै उर्जा निकाल्ने जस्ता नयाँ प्रविधिको विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

संस्थाका अध्यक्ष नेमबीर शाक्यले सहकारीमा व्यवसायिकता आउनुपर्ने बेला आएको बताउँदै अहिलेको सन्दर्भमा सहकारी संस्था पनि सक्षम र दक्षताका साथ सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।

पद्मावती सहकारीको यात्रा दुई रूपियाँ कसरी बचाउने कुराबाट शुरू भएको भन्दै झण्डै २२ सय सदस्य र कुल सम्पत्ति ३० करोड, २५ करोड निक्षेप संकलन र सोही अनुपातमा कर्जा लगानी भएको बताए ।

संस्थाको २३ औं स्थापना दिवसको अवसमा शनिवार आँखा शिविर र स्त्रिरोग शिविर सम्पन्न गरेको छ । त्यस्तो भोली (आईतबार) बृहत रक्तदान, साँस्कृतिक कार्यक्रम गर्ने अध्यक्ष शाक्यले बताए ।

अभिलेख

लोकप्रिय