दिगो पर्यटन सहकारीको ५ औं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । विना विभागिय मन्त्री शान्ता मानवीले देश समुन्नत तर्फ लैजान तिन खम्बे अर्थनीतिलाई एक साथ अवलम्बन गर्नुपर्ने बताएकी छिन् ।
शनिबार सम्पन्न दिगो पर्यटन सहकारी संस्थाको ५ औं बार्षिक साधारणसभामा मन्तव्य राख्दै मानवीले आर्थिक उन्नती र गरीबी निवारणका लागि सहकारी उपयुक्त माध्यम रहेको बताईन । ‘विषेश गरी सहकारी संस्थाहरु उत्पादनमा केन्द्रित हुनुपर्छ ।’ मन्त्री मानवीले भनिन् । छरीएर रहेको पुँजीलाई एकिकृत गर्ने उपयुक्त माध्यम सहकारीनै भएको बताईन । ‘हाम्रो देश गरीबी होईन, हाम्रा चिन्तन गरीब हुन् ।’ उनले भनिन्, ‘चिन्तनबाट मुक्त भई देशलाई समृद्ध बनाउन सहकारी संघ÷संस्था लाग्नुपर्छ ।’देशलाई उन्नती तर्फ लैजान सरकारले एउटा लक्ष्य लिएर आएको छ, त्यसलाई परिपूर्ति गर्न सबै क्षेत्रबाट भरपुर सहयोग हुनुपर्ने उनीले बताईन ।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र प्रसाद रिजालले पर्यटन व्यवसायको विस्तार, विकास, सम्वद्र्धन र प्रवद्र्धनका लागि संस्था क्रियाशिल रहेको बताए । ‘पर्यटन व्यवसाय आफैमा सहकारीताको अवधारणबाट अगाडी बढेको व्यवसाय हो’ अध्यक्ष रिजालले भने, ‘पर्यटन व्यवसायमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी संस्थाका सदस्यहरुको सामाजिक र आर्थिक, व्यवसायीक उन्नतीमा संस्था सधै लागिरहने छ ।’
संस्थाले दियो पर्यटनको आगामि ४ वर्षे कार्ययोजना बनाई सोही अनुरुप काम गरीरहेको पनि उनले बताए ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन आर्थिक वर्ष २०७१/०७२ को आर्थिक प्रतिवेदन सर्वसम्बतले पारीत गरेको छ ।
२०६७ पौष २४ बाट कारोबार शुरु गरेको यस संस्थाको शेयर पुँजी २ करोड २२ लाख ४५ हजार ८ सय रुपैंया रहेको छ । संस्थाले आर्थिक वर्ष २०७१/०७२ मा ८ करोड ४४ लाख २ हजार ८ सय रुपैंया बचत तथा निक्षेप संकलन गरेको थियो । संस्थाले १२ लाख १८ हजार ६ सय ७१ रुपैंया खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष विरेन्द्र बहादुर अधिकारीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
