२१ कात्तिक २०८३, शनिवार

सहकारी विकास बोर्डको गाडी किन्ने र भत्ता बढाउने प्रस्ताव मन्त्री केसीले पास हुन दिएन

२०७२ मंसिर २१, सोमबार
सहकारी विकास बोर्डको गाडी किन्ने र भत्ता बढाउने प्रस्ताव मन्त्री केसीले पास हुन दिएन

काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीको अध्यक्षतामा सहकारी विकास बोर्डको बोर्ड बैठक बसेको छ ।

बोर्ड बैठकबाट नियमित बजेट कार्यक्रम पास भएको छ । बोर्डले बैठकमा विभिन्न प्रस्ताव पेश गरेको थियो । केही शिर्षकका निर्णय गराउने भनिएको भएपनि मन्त्री केसीले निर्णय उल्टाई दिए । बोर्डले गाडी खरिद गर्ने योजना बनाएको थियो । सोही कुरा बैठकमा प्रस्तुत भएको थियो । तर मन्त्री केसीले त्यो पास हुन दिएन । त्यस्तै बैठक भत्ता बढाउने प्रस्ताव मन्त्री केसीले रोकिदिए । बाेर्डकाे अध्यक्ष सहकारी मन्त्री हुने व्यवस्था रहेकाे छ ।

अभिलेख

लोकप्रिय