अाेमदेवि भन्छिन्, ‘डिभोर्स पछि रातभरि रुन्थेँ ‘
ओमदेवि मल्ल, नेपाली कांग्रेसकी सांसद तथा राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष हुन् । नेशनल को–अपरेटर्स एलाइन्सकी समेत संस्थापक उपाध्यक्ष ओमदेवी सहकारी अभियानकी एक सशक्त अभियन्ता पनि हुन् । अबको आफ्नो जीवन राजनिती, समाजसेवा र सहकारीको विकासमा अझ सशक्त ढंगले समर्पित गर्ने उनको सोंच रहेको छ । हालै उनी डिएसपी केदार ढकालसंग विधिवत बिबाह गरी दाम्पत्य जीवन शुरु गरेकी छिन् । उनको जीवनमा आएका केहि उताढ चढावहरुको नालीबेली उनकै शब्दमा :-
मेरो राजनितिको अभिभावक भनेको नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र डा. आरजु राणा हुनुहुन्छ । काठमाडौं जिल्ला तहमा भिमसेनदास प्रधान दाइ अभिभावक हो जसले मलाई राजनितिमा पाइला टेकाउनुभयो । त्यसैगरी सहकारीमा आदरणिय दिपकप्रकाश बास्कोटा र केशव बडाल मेरो आदरणिय व्यक्तित्व हुनुहुन्छ । यो पुरुषसतात्मक देशमा जे गरे पनि महिला नै अगतिलो ठहराइने रैछ । अर्को कुरा अलि स्मार्ट र फेमस पुरुष भयो भने पनि पुरुषलाई दोष आउने रैछ । त्यसैगरी महिलामा पनि स्मार्ट र आफैमा केहि गर्ने भए भने महिला लाई मात्रै दोष दिने संस्कार छ यो समाजमा ।
मेरो जीवनमा पनि धेरै लामो कहानी छ । मैले यहाँसम्म आइपुग्दा धेरै हुण्डरीहरु बेहोरेकी छु । त्यसको ज्वलन्त उदाहरण साक्षीको रुपमा मेरो दुईवटा बच्चालाई लिन सक्नुहुन्छ । तपाईहरुले मेरो परिवारलाई पनि सोध्न सक्नुहुन्छ । मैले मेरो श्रीमानलाई बिबाह गरेको भोलिपल्ट मात्र मुख देखेकी थिए । किनकि म त्यस्तै संस्कारमा हुर्केकी हुँ । हाम्रो बिबाह भयो जीवन चल्दै थियो । तर मुख्यकुरा आर्थीक कारणले परिवारमा विवाद भयो ।
त्यसबेला म सभासद भइसकेकी थिए । त्यसबेलामा मलाई अरु साथीहरुले फसाए । त्यो बेला उहाँले मलाई श्रीमान भएर जति सहयोग गर्नुपर्ने थियो त्यो मैले पाइनँ । त्यसपछि मैले अंश बेचेर ऋण तिर्नुपर्ने अवस्था आयो । म मेरो परिवारको सबैभन्दा कान्छी छोरी हुँ, त्यसपछि मेरो छोराछोरी, दिदि, दाजुहरुसंग धेरै चरण राखेर मिटिङ बसालेपछि मैले अंश माग्नुपर्ने अवस्था आयो । किनकी मलाई अंश बेचेर ऋण तिर्नुपर्ने थियो । त्यो बेला सभासद थिए, मैले आर्थिकरुपमा आफुलाई स्वच्छ राख्नु जरुरी थियो । त्यसपछि श्रीमानले मलाई अंश दिने भए डिभोर्स गराएर मात्र दिने भन्नुभयो । मेरो जेठो दाइ नारायणदास मल्लले धेरै विन्ती गर्नुभयो तर, श्रीमानले होइन अंश लिने भएपछि डिभोर्स नै दिनुस् भन्नुभयो । त्यसपछि मेरो दुईवटा बच्चा र वकिलले कुपण्डोलमा डिभोर्स पेपर ल्याए अनि मैले सहि गरिदिए ।
त्यती पीडा दिएर मलाई इन्सल्ट गराउन तीन दिनसम्म जिल्ला अदालतमा लगियो । तर, त्यो काम जम्मा एक घण्टामा सकिन्थ्यो । त्यो बेला मिडियाले मलाई यति धेरै नङ्गायो भनि साध्य छैन । म मल्ल खान्दानकी छोरी हुँ । मैले माइतीको निर्णय विना केहि पनि गर्न सक्दिनँ । मिडियाले जहिले उहाँको मात्रै सपोर्ट गरेर मलाई नानाथरी लेख्यो । उसलाई फुटपाथमा लग्यो, रुदै आयो भन्ने अनेक अनेक अनेक गर्यो । अहिले पनि हेर्न सक्नुहुन्छ ऊ आफै ५/६ करोडको घरमा बसेको छ । यहाँ मान्छेहरु दुई दिन दुई रात नक्कली स्वास्नी बनेर बसेर करोडौं फसाउछन् । म त २३ वर्षसम्म उहाँको दुईवटा बच्चाको आमा बनेर बसेकी हुँ । मलाई उहाँहरुको सन्तानले हिसाब गरेर अंश दिएको लिदाँ उहाँलाई फुटपाथमा पुर्याइ भनेर एउटा पत्रकारले लेख्न हुन्थ्यो की हुन्थेन एउटा महिलालाई ? तीन पटकसम्म हनिमुन मनाउन गयो भनेर पनि लेखे मिडियाले ।
जो मान्छे आफ्नो लोग्नेबाट पिडित भएको छ भने कोही नजिकको असल साथीसंग नजिकहुनु स्वभाविक हो । यो कुरा तपाईहरु जसको जीवनमा पनि पर्न सक्छ । एक्लै बाँच्न चाहादा पनि एक्लै बाँच्न नपाउने बाताबरण बनाउने, राती १२ बजे पनि मलाई फोन गरेर टर्चर दिने काम हुदै गयो । मैले सोच्न नसकेको कुराहरु समेत पनि मलाई भनेर हैरानी बेहोर्नु पर्यो ।
यदि मेरो क्यारेक्टर राम्रो थिएन भने मलाई कम्युनिष्टहरुले उहिले नै सिध्यादिइ सक्थे । तर, म बोल्ड लेडी हुँ । मलाई लाग्छ मेरो क्यारेक्टरकै कारणले पनि म यहाँसम्म आउन सकेकी हुँ । तर, डिभोर्स गरिसकेपछि मलाई लोग्नेबाट मेरो विरुद्धमा यतिधेरै मिडियाबाजी भयो जुन सहनै सक्ने थिएन । जोसंग मेरो नाम जोडिएको थियो उसको पनि उता पट्टि सबै सक्किसकेको हुँदा असारमा हामीले उहाँकै जिल्लामा गएर कोर्ट म्यारिज गरेका थियौं । दशैंमा उहाँको परिवारमा बुवा मम्मी काकाहरुले टिका लगाएर भित्राउने काम भयो । हाम्रो नेवारको माइतीले पनि भित्राउनुपर्ने हुन्छ त्यो हुन बाँकी छ । मलाई पार्टीका दाजु दिदिले धेरै सम्झाउनुभयो र मलाई मन नलागी नलागी पनि मेरा नेताज्यूहरुको भावनाको कदर गरेर फर्मालिटि पुरा गरेकी हुँ । तर, मिडियामा धेरै नानाथरीका कुराहरु आए जुन आपत्तिजनक छन् । यदि लेख्ने नै भए दुईपक्षलाई एकै ठाँउमा राखेर सोधेर लेखे हुन्थ्यो नि हावामा लेख्ने ?
एउटा महिला रातभरि रुदै बसेकी छे उसको विरुद्धमा झुटाकुराहरु लेख्ने लेखाउने ? मैले डिभोर्स पछि ४/५ महिना सेप्रेट बसेँ, रातभरि म रुन्थेँ तर, दिनभरी म मेरो क्षेत्रको काममा व्यस्त हुन्थेँ । मलाई पीडा मनभरि हुँदा समेत रुने फुर्सद पनि हुदैन्थ्यो । जो महिला आफ्नो क्षेत्रको लागी अहोरात्र खटेर हिडेकी छे । आज पनि दुईवटा बच्चा मसंगै छन् । उसले तिन महिना नपुग्दै बैना सगुन समेत लगेर बाजा बजाएर भव्य बिहे गर्यो त्यो कसैले लेखेन । दुईवटा बच्चा पालेर आमाबाबुको भुमिका निभाउदा मलाई कसैले प्रोत्साहन गरेन । अहिले मैले मेरो छोरालाई अंश पाएको त्यही सुनाकोठाको घर राखेर अष्ट्रेलिया पठाउदैछु । मेरो शेयरहरु बेचेर छोरीको बिबाह गरेँ ।
मेरो छोरीलाई मैले बाबुको अभाव नहुनेगरि स्ट्याण्र्ड तरिकाले बिबाह गरेर पठाएँ । मैले बच्चाको पढाई भाग, बिबाह भाग लिइनँ । मैले मेरो बच्चालाई बाबु आमा दुबैको भुमिका दिएर राखेकी छु । त्यो महिलालाई नानाथरी मिडियामा लेख्नु के पत्रकारको धर्म हो त ? यस्ता अनेक कारणहरुले गर्दा र मलाई बाँच्नै नदिने कण्डिसन भएपछि मैले बिबाह गरेको सत्य हो । किनकी यत्तिकै बस्दा पनि मलाई मुच्छन, मेरो उमेर पनि त्यति भइसकेको छैन । ६० वर्ष बाँचे भने पनि मेरो १७/१८ वर्ष बाँकी छ । ७० वर्ष बाँचेछु भने पनि ३० वर्ष बाँकी छ मेरो छोरीको विवाह भइसक्यो । मेरो छोरा दुई महिनामा अष्ट्रेलिया पढ्न जादैछ । एक्लै बाँच्न गारो हुने रैछ । भोलि मलाई राजनितिक सपोर्टको लागी मेरो ब्याकमा कोही छ भन्नका लागी पनि मैले जीवनसाथी रोजेँ ।
हरेकपल डटकम बाट साभार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
