२१ कात्तिक २०८३, शनिवार

तीन सहकारीकर्मी अख्तियारको फन्दामा !

२०७२ मंसिर २०, आईतवार
तीन सहकारीकर्मी अख्तियारको फन्दामा !

काठमाडाैं । अकुत सम्पत्ति आर्जन गरेको अाशंकामा ३ जना सहकारीकर्मीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे  फन्दामा परेका छन् ।

यसरी फन्दामा पर्नेहरुमा नेपाल स्वास्थ्य केन्द्रीय सहकारी संघ तथा नेपाल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, एभरेष्ट इनर्जी को अपरेटिभका अध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे र सिभिल बचत तथा ऋण सहकारीका अध्यक्ष इच्छाराज तामाङ रहेको छन् । यि तीनै जना नेकपा एमालेका नेता तथा सभासद् हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार एमालेका ६ जना नेतासहित विभिन्न २९ जना उच्चपदस्थहरुलाई सात दिनभित्र आयोगमा उपस्थित हुन भन्दै पत्र काटेको हाे । सबैको बैंक लकरहरु आइतबारसम्म बन्द गर्नसमेत निर्दैशन दिएको छ ।

अभिलेख

लोकप्रिय