२१ कात्तिक २०८३, शनिवार

उपासना सहकारीका सदस्यलाई इन्डक्सन चुल्हो !

२०७२ मंसिर २०, आईतवार
उपासना सहकारीका सदस्यलाई इन्डक्सन चुल्हो !

काठमाडौं । भारतीय नाकाबन्दीका कारण देशमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको चरम अभाव छ । खाना पकाउने ग्यासको विकल्पको रुपमा अहिले इण्डक्सन चुल्होको माग अत्यधिक बढेको छ ।

बजारमा यसको माग ह्वातै बढेसंगै उपभोक्ताले महंगो मुल्यमा चुल्हो किन्न बाध्य छन् । यहि कुरालाई मध्येनजर गरी सितापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि इन्डक्सन चुल्लो विक्रि शुरु गरेको छ । बजार मूल्य भन्दा सस्तोमा सहकारीले चुल्हो उपलब्ध गराएको संस्थाका अध्यक्ष अमरावती मर्हजनले जानकारी दिईन । संस्थाले बजाज कम्पनीको चुल्हो विक्रि गरेको शुरुवात गरेको हाे । चुल्होमा एक वर्षको वारेन्टी समेत रहेको छ ।

‘हामीले नाफा कमाउनका लागि चुल्हो विक्रि गरेको हैनौं । यो विल्कुलै सदस्यको सेवाको लागि हो ।’ संस्थाकी अध्यक्ष अमरावती मर्हजन भन्छिन्– ‘बजारमा पाईने मूल्य भन्दा एक हजार सस्तो रुपैंयामा उपलब्ध गराएका छौं ।’ हाल संस्थाले ५ हजार रुपैंयामा चुल्हो विक्रि गरेको छ । एकै पटक ५ हजार तिर्न नसक्ने सदस्यले मासिक रुपमा पनि पैसा बुझाउन सकिने अध्यक्ष मर्हजनले बताईन ।

यसका साथै संस्थाले आफ्ना सदस्यहरुले उत्पादन गरेको विभिन्न सामग्रीको मार्केटिङको काम समेत गर्दै आएको छ । संस्थाले सदस्यहरुका लागि आवश्यक दैनिक उपभोग्य बस्तुहरुको विक्रि वितरण गर्ने समेत सोच बनाएको छ ।

अभिलेख

लोकप्रिय