पत्नीसंग सम्बन्ध विच्छेद गर्न ओमदेवीसंगै २५ लाख लिएको चर्चा !
काठमाडाैं । रिसेप्सन डिनर भनेर बोलाइएको कार्यक्रममा डीएसपी र सांसद बेहुला बेहुलीका रुपमा सजिएर बसेको देखेपछि कांग्रेस नेताहरू नै चकित भए । २०७२ मंसिर १० गते शुक्रवार नयाँ बानेश्वरको आनन्द बैंक्वेटमा निम्ता गरिएका भीआइपी नेता र प्रहरी अधिकृतहरू कांग्रेस सांसद ओमदेवी मल्ललाई बेहुली र डीएसपी केदार ढकाललाई बेहुलाका रुपमा देखेपछि आश्चर्यमा परे ।
यी दुईजनाको लिभिङ टुगेदर सम्बन्ध रहेको समाचार करीव एक वर्षअघिनै खुलासा भएको थियो । ओमदेवीले त्यो समाचार अस्वीकार गरे पनि एक वर्षअछि आएर उनीहरूले सम्बन्ध सार्वजनिक गरेर समाचारको पुष्टि गरेका छन् । चार बजे अतिथीहरूलाई बोलाइए पनि बेहुला बेहुली साँढे चार बजेतिर बैंक्वेटमा पुगेका थिए । उमेरले ५० कटिसकेकी सांसद र डीएसपी दुवैले दोस्रो बिहे गरेका हुन् ।
ओमदेवी मल्लकी छोरीको विहे २०७२ बैशाख महिनामा भएको थियो । विहेको पार्टीमा प्राय: कांग्रेसका वरिष्ठ नेताहरू र सांसदहरू सहभागी भएका थिए । एमालेका केशव बडाल सहकारी संघको अध्यक्ष भएको नाताले निम्त्याइएका थिए । ओमदेवी बडाल अध्यक्ष रहेको संघकी उपाध्यक्ष हुन् । एमाओवादी नेता नारायणकाजीसंग ओमदेवीको निकट सम्बन्ध रहेकाले उनी निम्त्याइएका थिए । ओमदेवीसंग धेरै घनिष्ठ सम्बन्ध रहेकाहरू मध्ये विमलेन्द्र निधि र मिनेन्द्र रिजाल पनि हुन् । उनीहरूकै जोडबल र होस्टे हैंसेमा ओमदेवी सांसद बनेको चर्चा कांग्रेसमा चल्ने गर्छ ।
श्रीमान किरण जोशीसंग पारपाचुके गर्नु अघि नै धेरै पुरुषसंग नाम जोडिए पनि उनले रोज्ने बेलामा चाहिं डीएसपी ढकाल नै रोजेको चर्चा पनि विहेमा चल्यो । सुन्दर रुप र आकर्षक जिउडालका कारण ओमदेवी कांग्रेसका केही नेताहरूको आँखामा पर्न सफल भएकी सांसद हुन् । त्यही कारण उनी सांसदसम्म बनिन् । तर विहेको पार्टीमा कांग्रेस नेताहरूले कांग्रेसकै अविवाहित सांसद रामहरि खतिवडालाई जिस्काएका थिए । ‘के हो रामहरि अहिलेसम्म एउटा पनि विहे गर्न सकेका छैनौ, तिमी हुँदाहुँदै यता ओमदेवीले दोस्रो पटक विहे गरी सकिन्’ नेताहरूले जिस्काउदै भने । कसैले एउटा पनि गर्न नपाउने कसैले दुई दुई पटक ? पार्टीमा सहभागीहरू यस्तै हाँसो ठट्टा गर्दै विहे भोज खाइरहेका थिए । खतिवडालाई एकजना पाहुनाले कोहीलाई खातैखात, खतिवडा मान्यज्यूको पुर्पुपरोमा हात भनेर जिस्काएका थिए ।
भोजमा सहभागी अविवाहित नेता नारायणकाजीलाई पनि यही मेसोमा कतिपयले जिस्क्याउन भ्याए । ‘साली आधी घरवाली भन्छन्, तर, नारायणकाजीले बाजी मार्न पाएनन्’ एक सहभागीले भने । ओमदेवीले नारायणकाजीलाई भिनाजु भन्ने गर्छिन् । उनीहरूबीच हिमचिम राम्रो रहेपनि ओमदेवीले केदार ढकालसंग विहे गर्ने कुरा चाहिं नारायणकाजीले पनि सोचेका थिएनन् । त्यसो त ओमदेवीका पहिलो प्रेमी काठमाडौंका शाही शासनकालका मेयर तथा राप्रपा नेपालका नेता राजाराम श्रेष्ठ पनि हुन् । उनीहरूबीचको लामो प्रेम सम्बन्धमा पनि केदार ढकालको प्रवेशले दरार ल्याएको चर्चा ओमदेवीका साथीहरू चर्चा गर्दछन् ।
विहेमा एआइजी वीरेन्द्रबाबु श्रेष्ठ, नवराज सिलवालहरू सहभागी थिए । नवराज सिलवाललाई एकजनाले सोधिहाले–दोस्रो विहे गर्नेलाई कारवाही गर्नुपर्ने मान्छे आफैं पार्टी खाइरहनुभएको छ त ? सिलवालले पनि जवाफ दिइहाले–दुवैजनाले पहिलाको सम्बन्ध विच्छेद गरेकाले कारवाही गरिरहनु परेन । स्रोतका अनुसार, केदार ढकालले जेठी पत्नीसंग सम्बन्ध विच्छेद गर्नका लागि ओमदेवीसंगै २५ लाख रुपैयाँ लिएको चर्चा पनि विहे भोजमा चल्यो । नत्र सम्बन्ध विच्छेद नहुने र विहे गर्न नमिल्ने भन्दै उनले ओमदेवीलाई दबाबमा पारेको चर्चा छ । ओमदेवी मल्लभन्दा अगाडि यसै महिना कांग्रेसकी अर्की सांसद सीता गुरुङको पनि विहे भएको छ । शेरवहादुर देउवादेखि मिनेन्द्र रिजालसंग समेत राम्रो राजनीतिक सम्बन्ध बनाएकी गुरुङले परिबन्दमा परेर गुपचुप विहे गरेको चर्चा कांग्रेसमा चलेको छ । विहे नगर्दा नेतासंग जोडेर कुरा काट्न थालेपछि सबैको मुखबन्द गर्न सीताले झटपट विहे गर्ने उपाय निकालेको बताइन्छ ।
– साँघु साप्ताहिक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
