उपासना सहकारीका सदस्यलाई इन्डक्सन चुल्हो !
काठमाडौं । भारतीय नाकाबन्दीका कारण देशमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको चरम अभाव छ । खाना पकाउने ग्यासको विकल्पको रुपमा अहिले इण्डक्सन चुल्होको माग अत्यधिक बढेको छ ।
बजारमा यसको माग ह्वातै बढेसंगै उपभोक्ताले महंगो मुल्यमा चुल्हो किन्न बाध्य छन् । यहि कुरालाई मध्येनजर गरी सितापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि इन्डक्सन चुल्लो विक्रि शुरु गरेको छ । बजार मूल्य भन्दा सस्तोमा सहकारीले चुल्हो उपलब्ध गराएको संस्थाका अध्यक्ष अमरावती मर्हजनले जानकारी दिईन । संस्थाले बजाज कम्पनीको चुल्हो विक्रि गरेको शुरुवात गरेको हाे । चुल्होमा एक वर्षको वारेन्टी समेत रहेको छ ।
‘हामीले नाफा कमाउनका लागि चुल्हो विक्रि गरेको हैनौं । यो विल्कुलै सदस्यको सेवाको लागि हो ।’ संस्थाकी अध्यक्ष अमरावती मर्हजन भन्छिन्– ‘बजारमा पाईने मूल्य भन्दा एक हजार सस्तो रुपैंयामा उपलब्ध गराएका छौं ।’ हाल संस्थाले ५ हजार रुपैंयामा चुल्हो विक्रि गरेको छ । एकै पटक ५ हजार तिर्न नसक्ने सदस्यले मासिक रुपमा पनि पैसा बुझाउन सकिने अध्यक्ष मर्हजनले बताईन ।
यसका साथै संस्थाले आफ्ना सदस्यहरुले उत्पादन गरेको विभिन्न सामग्रीको मार्केटिङको काम समेत गर्दै आएको छ । संस्थाले सदस्यहरुका लागि आवश्यक दैनिक उपभोग्य बस्तुहरुको विक्रि वितरण गर्ने समेत सोच बनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
