२१ कात्तिक २०८३, शनिवार

तालिम तथा अनुसन्धान सहकारीकाे अध्यक्षमा खेम सुवेदी, सहकारी महाविद्यालय स्थापना गर्ने साेच

२०७२ मंसिर २०, आईतवार
तालिम तथा अनुसन्धान सहकारीकाे अध्यक्षमा खेम सुवेदी,  सहकारी महाविद्यालय स्थापना गर्ने साेच

काठमाडौं । नेपालको पहिलो र एक मात्रै तालिम तथा अनुसन्धान सहकारी संस्थाको आयोजनामा ‘तालिम आवस्यकता पहिचान गोष्ठी’ शनिवार सम्पन्न भयो । कार्यक्रममा सहकारीकर्मी, सहकारी अधिकृत र संचारकर्मीको उपस्थित रहेको थियो ।  कार्यक्रममा संस्थाका अध्यक्ष खेमराज सुवेदीले सहकारीमा तालिमकाे महशुस गरी संस्था स्थापना गरिएकाे बताए । उनले संस्था उद्देश्य अनुरुपका काम गर्न तयार रहेकाे र सबै निकायकाे सहयाेग अावश्यक रहेकाे बताए ।

शनिवारै भएकाे प्रारम्भिक साधारण सभाले खेम राज सुवेदीको अध्यक्षतामा सात सदस्यीय संचालक समिति र मोहन कार्कीको संयोजकत्व मा तीन सदस्यीय लेखा समिती गठन गरेकाे छ ।

यस्तो छ संस्थाको उद्देश्य
= दक्ष जनशक्ति उत्पादन गर्ने

= संघ संस्थाहरुको अवश्यकताको पहिचान, सर्वेक्षण, अनुसन्धान गर्ने। सहजिकरण गर्ने, परामर्श सेवा प्रदान गर्ने, प्रवद्र्धन तथा विकास गर्ने,

= संघ संस्थाको व्यवस्थापकिय क्षमता अभिवृद्धिका कार्य गर्ने, नीति तथा योजना तर्जुमाका लागि सहजिकरण गर्ने,

= विभिन्न प्रकारका अध्ययन अनुसन्धान गर्ने, सहकारी सम्बन्धी शैक्षिक कार्यक्रम संचालन गर्ने

भावी कार्यक्रमहरु
= सहकारी डाइरेक्ट्री प्रकाशन गर्ने
= सहकारी संस्थामा व्यवस्थापकीय सहयोग
= संस्थालाई तालिम केन्द्रको रुपमा विकास गर्ने
= सिटिइभिटि मा सम्बन्धन तथा पाठ्यक्रम विकास
= औपचारिक सहकारी शिक्षण संस्थाको स्थापना (सहकारी महाविद्यालय)
= सहकारीका विभिन्न आयामहरुमा अनुसन्धान केन्द्रको रुपमा विकास

अभिलेख

लोकप्रिय