२१ कात्तिक २०८३, शनिवार

सहकारीलाई मौरी हस्तान्तरण

२०७२ मंसिर १३, आईतवार
सहकारीलाई मौरी हस्तान्तरण

गुल्मी । जिल्ला कृषि विकास कार्यालयले गोलासहितको ४० घार मौरी लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थालार्ई हस्तान्तरण गरेको छ ।
सो सहकारी संस्थालाई गोलासहित मौरी ५० प्रतिशत अनुदानमा कार्यालय प्रमुख चेतनारायण पाण्डेले हस्तान्तरण गर्नु भएको हो । उक्त मौरी घार सहकारी संस्थाले आफ्नो संस्थामा आबद्ध ३० जना व्यावसायिक मौरीपालक कृषकलाई वितरण गरेको छ ।
सहकारी संस्थाकी अध्यक्ष विजयाकुमारी मल्लले यस कार्यले मौरीपालक कृषकमा उर्जा थपेको बताए ।

अभिलेख

लोकप्रिय