भूकम्प प्रभावित ४ जिल्लाका किसानलाई जापानको सहकारी मार्फत सहयोग
काठमाडौं । केन्द्रीय कृषि सहकारी संघ जापानले नेपालका भूकम्प प्रभावित जिल्लाका किसानहरुलाई प्रविधी हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भूकम्पवाट प्रभावित किसानहरुको आय आर्जन सुधारका लागि कृषि प्रविधी, शिप, दक्षता लगाएत आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने केन्द्रीय कृषि सहकारी संघ जापानका प्रतिनिधीले जानकारी दिएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघको समन्वयमा नेपालमा गर्न लागिएको कार्यक्रम तत्कालका लागि ४ वटा जिल्लामा गरिने नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम वहादुर पाठकले जानकारी दिए । भुकम्प गएको महिनौ वितिसक्दा पनि किसानहरु सहजरुपमा आप्mनो दैनिकीमा फर्कन नसकेको अवस्थामा जापानबाट प्राप्त भएको सहयोगलाई सहि सदुपयोग गर्दै किसानहरुलाई आर्थिक रुपमा सवल वनाउँदै लैजाने नेपाल कृषि सहकारी केन्द्रीय संघका महा–प्रवन्धक रुद्र भट्टराईले बताए ।
केन्द्रीय कृषि सहकारी संघ जापानका उपाध्यक्ष तोसियूकी मोरिनागाले नेपालको कृषि र किसानको उन्नती प्रगतिका लागि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाए । कृषिमा थोरै किसानको सहभागिता रहे पनि प्रविधि र सहयाताले जापान आत्मनिर्भर भएको उदाहरण प्रस्तुत गर्दै उपाध्यक्ष मोरिनागाले नेपालमा पनि आप्mनो अनुभव हस्तान्तरण गर्न तत्पर रहेको वताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
