२१ कात्तिक २०८३, शनिवार

सहकारी अनुदान लिन प्रस्ताव पेश गर्नुभयाे त ?

२०७२ मंसिर ९, बुधबार
सहकारी अनुदान लिन प्रस्ताव पेश गर्नुभयाे त ?

काठमाडौं । सहकारी विभागले सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि सहकारी संस्थाहरुलाई अनुदान दिने भएको छ ।

सहकारी संस्थाहरुको सुदृढीकरण र व्यवसायमुखी सहकारी संस्थाहरुको प्रवद्र्धनका लागि वार्षिक अनुदान सहयोग गर्दै आएको विभागले चालू आर्थिक वर्षका लागि पनि अनुदान दिने गरी प्रस्ताव आह्वान गरेको हो । विभागले सूचना जारी गर्दै मुलुकभरका सहकारी संस्थाहरुलाई एक महिनासम्ममा आफ्नो संस्थाले गरेका काम र अनुदानको आवश्यकताका विषयमा स्पष्ट जानकारी गराउँदै प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

विभागले ‘सहकारी संघ/संस्थालाई उपलब्ध गराइने अनुदान तथा भन्सार महसुल छुट सुविधा सिफारिससम्बन्धी कार्यविधि २०६८’ अनुसार सूचना जारी गरेको छ । विभागले गाईभैंसी, बाख्रापालन, भेडा, बंगुर, अलैँची, उखु, माछापालनलगातय सम्बन्धित पेसा तथा उद्योगहरु विस्तारका लागि ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै सीमान्तकृत समुदाय, दलितका पेसा, सहकारी संस्थाहरुद्वारा स्थापना गरिएका बजार तथा उद्योगहरुको सुदृढीकरणका लागि अनुदान सहयोग गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय