२१ कात्तिक २०८३, शनिवार

कोअपरेटर्स एलाईन्सले जिल्लास्तरीय कमिटी बिस्तार गर्ने

२०७२ मंसिर ८, मङ्गलबार
कोअपरेटर्स एलाईन्सले जिल्लास्तरीय कमिटी बिस्तार गर्ने

काठमाडाैं । सहकारीका अगुवा नेताहरुले सहकारीलाई आर्थिक प्रणालीका रुपमा अंगीकार गर्न माग गरेका छन् । अर्थतन्त्रमा सहकारी सबल खम्बा बनाउन नसक्दासम्म अर्थतन्त्रको सही विकास हुन नसक्ने भन्दै आर्थिक प्रणालीमा सहकारी प्रमुख एजेन्डा बनाउन सुझाव दिएको हो ।

नेशनल कोअपरेटर्स एलाईन्सले सहकारीलार्ई आफ्नो मुद्वा बनाउन व्यापक लबिङ गर्ने निर्णय गरेको छ । नेपालमा सहकारीको अभ्यास कांग्रेसबाटै भएतापनि कांग्रेसले सहकारीको समुचित सदुपयोगमा क्रियाशीलता देखाउन नसकेको ठहर गर्दै आगामी दिनमा सहकारी आर्थिक प्रणालीको मुख्य आधार बनाउन आग्रह गरेको हो ।
एलाईन्सको सोमबार सम्पन्न बैठकले नेपाली कांग्रेसको विधान संशोधन कमिटीलाई सहकारी मुमेन्ट एड्जस्त गर्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष डिल्ली तिवारीले जानकारी दिए । सहकारी क्षेत्रमा आफ्नो स्थान सुनिश्चित गर्न प्रजातान्त्रिक सहकारीकर्मी एलाईन्समार्फत सहकारी क्षेत्रमा क्रियाशील देखिएका हुन् ।

यसैबीच एलाईन्सले माघ १५ भित्र सबै जिल्ला समितिको निर्वाचन गर्ने भएको छ । त्यस्तै अञ्चलस्तरीय जिल्लास्तरीय कमिटी बिस्तार गर्ने भएको छ । जिल्ला, क्षेत्रिय अधिवेशन सञ्चालन गर्नका लागि एलाईन्सले कार्यविधिसमेत बनाउने भएको छ ।

अभिलेख

लोकप्रिय