सहकारी मन्त्रीलाई अभिनन्दन थाप्नै भ्याई नभ्याई !
बागलुङ । सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीलाई बागलुङमा अभिनन्दन गरिएको छ । जन्मस्थान जिल्लाको गलकोटमा आयोजित विशेष समारोहमा शनिबार उप प्रधानमन्त्री समेत रहेका केसीलाई अभिनन्दन गरिएको हो । उनी प्रधानाध्यापक भई सेवा गरेको तत्कालीन गलकोट माध्यमिक विद्यालय (अहिलेको गलकोट उच्च मावि)ले केसीको सम्मानमा अभिनन्दन समारोह गरेको थियो ।
सो अवसरमा उच्च माविका अध्यक्ष गुमानसिंह भण्डारी, प्राचार्य देवेन्द्र खत्रीलगायतले उपप्रधानमन्त्री केसीलाई अभिनन्दन गरेका थिए । कार्यक्रममा सहभागी शिक्षक, प्राध्यापक, सामाजिक अगुवा, शिक्षाप्रेमीलगायत सर्वसाधारणले समेत केसीलाई बधाई तथा शुभकामना दिएका थिए । उपप्रम केसीले गलकोट माध्यमिक विद्यालय हुँदा २०२५ सालमा प्रधानाध्यापक भई सेवा गरेका थिए ।
गलकोटको मल्ममा जन्मी नेपाली राजनीतिको शीर्ष स्थानमा पुगेका केसीलाई यस क्षेत्रमा शैक्षिक जागरण फैलाउने व्यक्तिको श्रेय पनि दिने गरिएको छ । उनी लामो समयसम्म शिक्षण पेसामा संलग्न थिए । केसी उपप्रम हुनु जिल्लाकै गौरवको विषय भएकाले उनको सम्मानमा अभिनन्दन समारोह राखिएको उच्च माविका प्राचार्य देवेन्द्र खत्रीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
