सिजेएनको चुनावी साधारणसभा १७ पुषमा, निर्वाचन कमिटि समेत गठन
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को पाँचौ साधारणसभा पुष १७ गते हुने भएको छ । सिजेएनको आज (शुक्रबार) बसेको केन्द्रीय कमिटिको बैठकले साधारणसभाको मिति तय गरेको हो ।
साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने भएकाले तीन सदस्यीय निर्वाचन कमिटि समेत गठन गरिएको छ । कमिटिको संयोजकमा सूचना चौतारी संचार सहकारीका अध्यक्ष विपिन शर्मा र सदस्यहरुमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा इमेज च्यानलका पत्रकार युवराज गौतम र राष्टिय सहकारी संघका केदार थाक्ले रहेका छन् ।
सहकारी क्षेत्रमा विधागत पत्रकारीता गरिरहेका पत्रकारहरुको सामुहिक एकताबाट २०६८ सालमा सिजेन स्थापना भएको हो । यसका संस्थापक अध्यक्ष यादव हुमागाई रहेका छन् । उनी कारोबार दैनिकमा अवद्ध छन् ।
मुलुकको समग्र आर्थिक विकास, गरीबी न्यूनिकरण, सामाजिक शसक्तिकरणका विषमा सहकारी क्षेत्रको भूमिका र योगदानको विषयलाई निएर सरोकारवालासंग नियमित रुपमा अन्तरक्रिया, छलफल र बहस कार्यक्रम सिजेएनले गर्दै आएको छ । यसका साथै पत्रकारहरुको पेशागत क्षमता अभिबृद्धि, वृत्ति विकासमा काम गर्दै आएको छ । सिजेएनले पत्रकारलाई विभिन्न तालिम, भ्रमण र पुरस्कृत समेत गर्दै आएको छ ।
सिजेएनको अध्यक्षमा विजनेश प्लसका डिल्ली प्रसाद सापकोटा, उपाध्यक्षमा दि काठमाडौं पोष्टमा राजेश खनाल, सचिवमा वर्तमान सहकारी पत्रिकाका खिला दाहाल, सह सचिवमा हरेक पल अनलाईनका तुलसीराम सुवेदी, कोषाध्यक्षमा सहकारीखबर डटकमका कार्यकारी सम्पादक काजी श्रेष्ठ रहेका छन् ।
साधारणसभालाई भव्य रुपमा सफल पार्नका लागि कार्यसमितिका विभिन्न पदाधिकारीलाई कामको जिम्मेवारी समेत बाँडफाँड गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
