२९ फागुन २०८२, शुक्रबार

पोखरा रोयल र सिआइसी सबैभन्दा बढी कर तिर्ने सहकारी

२०७२ मंसिर १, मङ्गलबार
पोखरा रोयल र सिआइसी सबैभन्दा बढी कर तिर्ने सहकारी

पोखरा । चौथो राष्ट्रिय कर दिवसको अवसरमा आज बढी कर तिर्ने करदाताको नामावली घोषणा गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा गरिएको कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने ११ करदाताको नाम घोषणा गरिएको थियो । बढी कर तिर्नेमा कास्कीबाट होटल ग्राण्ड, रोयल सहकारी र चरक मेमोरियल अस्पताल रहेका छन् । त्यस्तै तनहुँबाट बाराही आवासीय मावि, स्याङ्गजाबाट न्यू सिद्धार्थ आयल स्टोर्स, पर्वतबाट सूर्योदय कन्ट्रक्सन कम्पनी, लमजुङबाट मेघा सप्लायर्स तथा बागलुङबाट सिआइसी वचत तथा ऋण सहकारी संस्था छन् ।

यस्तै मुस्ताङबाट निलगिरि डिष्ट्रिलरी उद्योग, म्याग्दीबाट मुक्तिनाथ ईन्टर प्राइजेज प्रालि, गोरखाबाट सत्यसाई हार्डवयर एण्ड सप्लायर्स रहेका कार्यालयका नासु कृष्णहरि गौतमले जानकारी दिए ।

अभिलेख

लोकप्रिय