२१ कात्तिक २०८३, शनिवार

मुक्त कमैयालाई सहकारीको साथ, तीन सय ६६ मुक्त कमैया सहकारीमा आवद्ध

२०७२ कात्तिक ३०, सोमबार
मुक्त कमैयालाई सहकारीको साथ, तीन सय ६६ मुक्त कमैया सहकारीमा आवद्ध

भीमदत्तनगर । डेढ दशकअघि यहाँका विभिन्न क्षेत्रबाट विस्थापित भएर कञ्चनपुरको झलारी, पिपलाडी नगरपालिका–९ नौखरी शिविरमा कष्टकर जीवनयापन गरेका मुक्त कमैया परिवारमा सहकारीले सहजता ल्याइदिएको छ ।

मुक्त कमैया महिला मिलेर शिविरमा नौखरी कमैया कृषि बहुउद्देश्यीय सहकारी सञ्चालनमा ल्याएपछि गाउँका बेरोजगार युवाले विदेश जान तथा गाउँमा आयमुलक काम गर्न आर्थिक सहयोग पाइरहेका छन् ।

“कमैया मुक्त भएपछि सरकारले दिएको पाँच कठ्ठा जमिनले मात्रै परिवार पाल्नसक्ने अवस्था थिएन,” नौखरी कमैया कृषि बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष कलावती चौधरीले भनिन्– “महिला मिलेर सानो रकम बचत गरेर हामी आत्मनिर्भरको बाटो समातिसकेका छौंँ ।”

विसं २०६६ सालमा सहकारी संथापना भए पश्चात् गाउँमा मुक्त कमैया सहकारीबाट सस्तो ब्याजमा ऋण लिएर तरकारी व्यवसाय, कुखुरापालन, बङ्गुरपालन, खुद्रा व्यापारलगायतका आयमुलक काममा लागेका छन् । “हामीले गाउँमा सजिलोका लागि धान कुट्ने मिलसमेत सहकारीमार्फत सञ्चालन गर्ने तयारी गरिरहेका छाैं” सहकारीका अध्यक्ष चौधरीले भनिन् ।

गाउँमा उत्पादित विभिन्न तरकारी बिक्री स्थानीय झलारी बजारमा हुन्छ । त्यसैगरी सहकारीले गाउँका युवालाई रोजगारीका लागि विदेश जानसमेत लगानी गरिरहेको छ । “विदेश जाने एकजना युवालाई एक लाखसम्म लगानी गर्ने गरेका छाैं,” उनले भनिन्– “अहिलेसम्म पाँचजनाले ऋण लिएर विदेश गइसकेका छन् ।” ५८ जना सेयर सदस्यबाट सुरु गरेको सहकारीमा अहिले तीन सय ६६ मुक्त कमैया परिवार सदस्य छन् ।

“११ लाख बचत पनि सहकारीमा छ”, अध्यक्ष चौधरीले भनिन्– “सबै पैसा ऋण लगानी गरेका छाँैं ।” गाउँलेलाई आत्मनिर्भर बनाउन बङ्गुरपालन गर्ने किसानलाई तीनहजार ५०० सम्म लगानी गरेको उहाँले बताउनुभयो । “अहिले पाँचजना किसानले ४० हजारका दरले रकम लगेर व्यवासय गर्दैछन्” उनले भनिन् । सहकारी अन्तर्गत १२ वटा समूहसमेत गठन गरेर बचत गर्न थालिएको छ ।

सहकारी अन्तर्गत १३ वटा समूहमा सदस्यले स्वेच्छाले १० देखिमाथि मासिक बचत गर्ने गर्छन् । मुक्त कमैयाको उक्त समूहमार्फत सहकारी सञ्चालनका लागि गरिबी निवारण कोषले पनि आर्थिक सहयोग गरेको छ । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) का गरिबी निवारण कार्यक्रम संयोजक टेक बुढाले गाउँ÷गाउँमा समूह र सहकारीमार्फत कोषले लाखाँैं रुपैयाँ सहयोग गरेको जानकारी दिए । “हामीले सक्दो सहयोग गर्दैआएका छौँ” उनले भने ।

अभिलेख

लोकप्रिय