२१ कात्तिक २०८३, शनिवार

सहाराको नाफा पौने आठ करोड, सहकारीले सर्प दङ्श उपचार सेवा केन्द्र स्थापना गर्ने

२०७२ कात्तिक २३, सोमबार
सहाराको नाफा पौने आठ करोड, सहकारीले सर्प दङ्श उपचार सेवा केन्द्र स्थापना गर्ने

विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था विर्तामोडले आव २०७१/७२ मा रु सात करोड ९२ लाख ८९ हजार ४२६ नाफा गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५८.०७ प्रतिशतले बढी हो । अघिल्लो आव २०७०/७१ मा रु चार करोड ६० लाख ३९ हजार ६२४ नाफा गरेको सहकारीका सचिव महेन्द्र गिरीले जानकारी दिए ।

 छयासी हजार महिला र तीन हजार पुरुषलाई संगठित गर्दै झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर र पाँचथरमा ४५ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको सहकारीले आगामी आवमा १८ करोड मुनाफा गर्ने लक्ष्य लिएको उनले बताए । सहकारीको बजेट प्रस्तुत गर्दै गिरीले सहारा नेपालले छिट्टै सर्प दङ्श उपचार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए ।

अभिलेख

लोकप्रिय