२१ कात्तिक २०८३, शनिवार

सहकारी क्षेत्रको सर्वाधिक धनराशिको पुरस्कर झापा निवासी सीता मिजारलाई

२०७२ कात्तिक २२, आईतवार
सहकारी क्षेत्रको सर्वाधिक धनराशिको पुरस्कर झापा निवासी सीता मिजारलाई

झापा । सहकारी क्षेत्रको सर्वाधिक धनराशिको प्रो.मुहम्मद युनुस पुरस्कर यस वर्ष शान्तिनगर–१ वर्ने झापा निवासी सीता मिजारलाई प्रदान गरिएको छ ।

सहकारीमा आवद्ध भई आफ्नो जीवनस्तर माथि उठाउँदै समाजमा पिछडिएका महिलालाई पनि सहकारीका माध्यमबाट उनीहरुको जीवनस्तर माथि उठाउन महत्वर्पूणकार्य गरेको भन्दै उक्त पुरस्कार मिजारलाई प्रदान गरिएको हो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले गत वर्षबाट प्रदान गर्दै आएको उक्त पुरस्कारको राशि ५१ हजार रहेको छ । यसैगरी सहारा नेपालले स्थापना गरेको सहारा पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङ पुरस्कृत भएका छन् । पुरस्कारको राशि १५ हजार रहेको छ । सहकारीको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको थियो । यसैगरी शनिअर्जुन नगरपालिका निवासी गुहेश्वरी कार्की र विर्तामोड नगरपालिका निवासी निर्मला रिजाललाई असल छोरी तथा शनिअर्जुन नगरपालिका निवासी कविता मैनाली मिश्र र विर्तामोड निवासी प्रमिला तिम्सिनालाई असल बुहारीको पुरस्कार प्रदान गरियो । सहकारीले स्थापना गरेको सदस्य स्वयम् सेवक पुरस्कारबाट कपिलेश्वर शिवाकोटीलाई र जेष्ठ शेयर सदस्य सम्मानबाट शनिअर्जुन नगरपालिका निवासी मेघराज चौहानलाई पुरस्कृत गरिएको छ ।

उत्कृष्ट बचतकर्ताद्वय टेकवहादुर गिरी र निर्मला तिम्सिना उप्रेती तथा उत्कृष्ट ऋणीतर्फ कपिल विमली र कृष्णमाया पनेरु रिजाललाई सम्मानित भएका छन् । यस्तै रामप्रसाद ढुङ्गाना, हरिहर खनाल र अमरवहादुर गिरीलाई जनही एक/एक लाखसहित परिवार राहत सम्मानबाट पुरस्कृत गरिएको छ । सम्मानित ढुङ्गाना र गिरी ७५ वर्षका हुन् भने खनाल सवारी दुर्घटनामा परी घाइते भएका थिए । उनीहरुलाई सहज जीवन यापनका लागि परिवार राहत सम्मानबाट सम्मानित गरिएको जनाइएको छ ।

अभिलेख

लोकप्रिय