नेपाली चलचित्र ‘बागमती’को गीत रिलिज (भिडियो)
https://youtu.be/sxRwzAwsYkE
काठमाडौं । राजेश हमालको कमब्याक मानिएको चलचित्र ‘बागमती’को अफिसियल गीत रिलिज भएको छ । सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गीतमा नायिका केकी अधिकारी र गायक विश्व नेपाली फिचरिङमा छन् । स्लो ट्युनको यो गीत चलचित्र भित्र एक महत्वपुर्ण अंश बनेको निर्मात्री यशोधा राई बताउँछिन् ।
‘सानु एक्लै छौ’ बोलको गीतमा संगीत ए. एस. रामले भरेका छन् भने शब्द चलचित्रका प्रस्तुतकर्ता विजय सत्यालको छ । विजय सत्यालसँगै दिनेश दर्शनधारी प्रस्तुतकर्ता रहेको चलचित्र साउथ ईण्डियन प्रविधीमा तयार भएको निर्माण टिमले यसअघी नै बताउँदै आएको छ । ‘बागमती’लाई ईण्डियन निर्देशक सन्नी केरालाले निर्देशन गरेका छन् ।
पौष २४ लाई सार्वजनिक प्रदर्शन मिति तय गरेको यो चलचित्रमा हमाल र केकीसँगै पुराना नायक शिब श्रेष्ठ, रविकरप्रसाद घिमिरे, ध्रुव कोईराला, कञ्चन ठकुरी, मुकुन्द श्रेष्ठ लगायतको अभिनय छ । फ्लोरमा जाँदादेखी नै बजेटदेखी प्रविधी हुँदै चलचित्रले उठान गरेको विषयबस्तुसम्मका कारण चर्चामा रहेको चलचित्र बर्षको प्रतिच्छित चलचित्रको सुचीमा छ । त्यसो त निर्देशक सन्नी चलचित्र ‘बागमती’ले नेपाली चलचित्र क्षेत्रको अहिलेको ट्रेण्ड नै परिवर्तन गर्ने दाबी गर्छन् ।
अनिष नापित कार्यकारी निर्माता रहेको चलचित्रमा यशोधा राईसँगै सुवर्ण महर्जन, अञ्जना भारी, सरस्वती दर्शनधारी र आयुषा दर्सनधारीले निर्माणमा सहकार्य गरेका छन् ।
गीत हेर्नुहोसः
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
