२८ फागुन २०८२, बिहिबार

सहकारी संघ दोलखाको अध्यक्षमा हेमन्त चौलागाई, संघलाई नेपालकै उत्कृट बनाउने

२०७२ कात्तिक २२, आईतवार
सहकारी संघ दोलखाको अध्यक्षमा हेमन्त चौलागाई, संघलाई नेपालकै उत्कृट बनाउने

दोलखा । जिल्ला सहकारी सघं दोलखाको अध्यक्षमा हेमन्त चौलागाई चयन भएका  छन् । संघको दशौ साधारण सभाले चौलागाईको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा रत्न बहादुर श्रेष्ठ, महासचिवमा देवि प्रसाद शर्मा, सचिवमा रुपा भुजेल, कोषाध्यक्षमा कृष्ण प्रसाद दाहाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राधाकृष्ण थापा, पार्वती श्रेष्ठ, पुस्कर कुमार दाहाल, भुवन कुमार श्रेष्ठ, कृष्ण माया कार्की, कृष्ण प्रसाद दाहाल, हर्कमान पाख्रिन, नवराज रिजाल, निमा लामा, लगाएत चयन भएका छन् ।

त्यसैगरी रोशन कार्कीको सयोंजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा श्याम प्रसाद खतिवडा र लक्ष्मी प्रसाद खतिवडा चयन भएका छन् । सो अवसरमा सघंले सहकारी विकासमा योगदान पु¥याउने ब्यक्ति तथा सघंसस्थालाई सम्मान गरेको छ ।

 साधारण सभाको सस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री आनन्द प्रसाद पोखरेलले उद्घाटन गरेका थिए । दोलखामा जिल्लामा हाल दर्ता भएर संचालनमा रहेका ५ सय २३ सहकारी सस्थामध्ये ४ सय १५ सहकारी सस्था जिल्ला सहकारी सघंमा आवद्ध रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष चौलागाईले अवको ३ वर्षे कार्यकालमा संघलाई नेपालको उत्कृट बनाउन सबैसंग सहकार्य गर्दे अघि बढ्ने बताए ।

अभिलेख

लोकप्रिय