सहकारी क्षेत्रको सर्वाधिक धनराशिको पुरस्कर झापा निवासी सीता मिजारलाई
झापा । सहकारी क्षेत्रको सर्वाधिक धनराशिको प्रो.मुहम्मद युनुस पुरस्कर यस वर्ष शान्तिनगर–१ वर्ने झापा निवासी सीता मिजारलाई प्रदान गरिएको छ ।
सहकारीमा आवद्ध भई आफ्नो जीवनस्तर माथि उठाउँदै समाजमा पिछडिएका महिलालाई पनि सहकारीका माध्यमबाट उनीहरुको जीवनस्तर माथि उठाउन महत्वर्पूणकार्य गरेको भन्दै उक्त पुरस्कार मिजारलाई प्रदान गरिएको हो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले गत वर्षबाट प्रदान गर्दै आएको उक्त पुरस्कारको राशि ५१ हजार रहेको छ । यसैगरी सहारा नेपालले स्थापना गरेको सहारा पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङ पुरस्कृत भएका छन् । पुरस्कारको राशि १५ हजार रहेको छ । सहकारीको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको थियो । यसैगरी शनिअर्जुन नगरपालिका निवासी गुहेश्वरी कार्की र विर्तामोड नगरपालिका निवासी निर्मला रिजाललाई असल छोरी तथा शनिअर्जुन नगरपालिका निवासी कविता मैनाली मिश्र र विर्तामोड निवासी प्रमिला तिम्सिनालाई असल बुहारीको पुरस्कार प्रदान गरियो । सहकारीले स्थापना गरेको सदस्य स्वयम् सेवक पुरस्कारबाट कपिलेश्वर शिवाकोटीलाई र जेष्ठ शेयर सदस्य सम्मानबाट शनिअर्जुन नगरपालिका निवासी मेघराज चौहानलाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट बचतकर्ताद्वय टेकवहादुर गिरी र निर्मला तिम्सिना उप्रेती तथा उत्कृष्ट ऋणीतर्फ कपिल विमली र कृष्णमाया पनेरु रिजाललाई सम्मानित भएका छन् । यस्तै रामप्रसाद ढुङ्गाना, हरिहर खनाल र अमरवहादुर गिरीलाई जनही एक/एक लाखसहित परिवार राहत सम्मानबाट पुरस्कृत गरिएको छ । सम्मानित ढुङ्गाना र गिरी ७५ वर्षका हुन् भने खनाल सवारी दुर्घटनामा परी घाइते भएका थिए । उनीहरुलाई सहज जीवन यापनका लागि परिवार राहत सम्मानबाट सम्मानित गरिएको जनाइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
