'साझा सहकारी' बचाउने सहकारी मन्त्री चित्रबहादुर केसीकाे प्रतिबद्धता
२०७२ कात्तिक २०, शुक्रबार
काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीसमक्ष साझा प्रकाशन सहकारीका पदाधिकारीले भेटी भाषा, साहित्य र प्रकाशनको इतिहास बनाएको सो संस्थालाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् ।
प्रकाशनलाई हाल शिक्षा मन्त्रालय मातहत राखिए पनि कार्यप्रकृतिका आधारमा सहकारी मन्त्रालय पनि सम्बन्धित भएकाले यसलाई थप व्यवस्थित गर्न पदाधिकारीले माग गरेका छन् । जवाफमा मन्त्री केसीले प्रकाशनको श्रीवृद्धिका लािग आफ्ना तर्फबाट पहल हुने विश्वास व्यक्त गरेको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले जानकारी दिए ।
भेटमा प्रकाशन सञ्चालक समिति सदस्यसमेत रहनुभएका पूर्वशिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दीनानाथ शर्मा पनि सहभागी रहेका थिए ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार