अघोषित नाकाबन्दीका कारण दुग्ध कृषक मर्कामा, करिब २२ करोड नोक्सान
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष हरिहर सुवेदीका अनुसार संविधान जारी भएसँगै झन्डै ३७ दिनयता कृषकको दूध पूरै उठ्न सकेको छैन । यो सबै हिसाबबाट करिब २२ करोड नोक्सान भइसकेको उनकाे भनाइ छ ।
चितवनमा १३८ वटा डेरी र २०० वटा निजी फर्मबाट दूध सङ्कलन हुने गर्दछ । जिल्लामा ७१ हजार गाई र ६८ हजार भैँसी रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा रामकुमार कार्कीका अनुसार जसमध्ये ६० प्रतिशत गाई दुहुना छन् भने भैँसी ३५ प्रतिशतको हाराहारीमा दुहुना रहेका छन् । पछिल्लो समय नस्ल सुधारका कारण दूध उत्पादन प्रभावकारी हुँदै गए पनि बिक्री गर्न नपाएपछि व्यवसाय प्रभावित बनेको प्रमुख कार्कीले बताए ।
उनका अनुसार गत वर्ष गाईभैँसीमा जिल्ला पशु सेवा कार्यालयले मात्र ५४ लाख अनुदानसमेत दिएको थियो । दाना चोक्करको मूल्य बढ्नु र दूध बिक्री हुन नसक्नुले यो व्यवसाय नै धरासायी हुनेतर्फ गएको दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घ चितवनका उपाध्यक्ष बालकृष्ण उप्रेती बताउँछन्नु । चितवनबाट दुग्ध विकास संस्थान (डिडिसी) सुजल फुड र सीताराम डेरी उद्योगले दूध खरिद गर्ने गरेका छन् । जिल्लाको ठिमुरामा खुलेको चितवन मिल्क उद्योग बन्द भएका कारणले पनि दूध उठ्न नसकेको हो । सो उद्योग भूकम्प गएयता सञ्चालन हुन सकेको छैन ।
चितवन । भारतीय अघोषित नाकाबन्दीका कारण दूध डेरीले दूध उठाउन नसकेपछि यहाँका कृषक मर्कामा परेका छन् । दैनिक जिल्लाभरमा दुई लाख २५ हजार लिटर दूध उत्पादन हुने भए पनि डेरीले पालो मिलाएर दैनिक एक लाख लिटर मात्रै उठाउँदै आएका छन् । जसका कारण एक लाख २५ हजार लिटर हाराहारी दूध नोक्सान हुँदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
