१० वटा सहकारी संस्थालाई कम्प्युटर
भीमदत्तनगर । सुुदूरपश्चिम क्षेत्रका ग्रामीण समुदायमा क्रियाशील १० वटा सहकारी संस्थालाई कम्प्युटर प्रदान गरिएको छ ।
दुई वर्षदेखि वित्तीय सेवा र जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको सफल परियोजनामार्फत सहकारी संस्थाहरुलाई आइतबार डडेल्धुरा सदरमुकाममा कम्प्युटर प्रदान गरिएको हो ।
समृद्ध पहाड र स्थानीय गैरसरकारी संस्था एकीकृत विकास समाज डडेल्धुरामार्फत सञ्चालित सफल परियोजनाले सुदूरपश्चिममा रहेका झन्डै दुई हजार सहकारीमध्ये उत्कृष्ट काम गरिरहेका १० वटा सहकारीलार्ई छनोट गरी कम्प्युटर वितरण गरिएको जनाएको छ ।
बाजुराका दुई, डोटीको एक, अछामका चार र डडेल्धुराका तीन गरी जम्मा १० वटा सहकारीलाई कम्प्युटर वितरण गरिएको हो । सहकारी संस्थाका सेयर सदस्य, आर्थिक वृद्धिदर, वित्तीय अवस्था, चुस्त दुरुस्त तथा सहकारीको असुली दर, उपयुक्त भवन भएको तथा कम्प्युटर चलाउन सक्ने कम्तीमा एकजना कर्मचारीको आधारमा १० वटा सहकारी छनोट भएको सफल परियोजनाका जिल्ला संयोजक तर्कराज जोशीले बताए।
एकीकृत विकास समाजकी कार्यकारी निर्देशक पद्मा गुरुङको सभापतित्वमा सम्पन्न कम्प्युटर वितरण कार्यक्रममा बोल्दै डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सहकारी संस्थाले आर्थिक विकासका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार