शताब्दी सहकारीको मुनाफा १८ लाख ८६ हजार
इलाम । इलाम सदरमुकामलाई कार्यक्षेत्र बनाएर स्थापित जिल्लाकै सबैभन्दा ठूलो शताब्दी बचत तथा ऋण सहकारी संस्थाले १६ करोड २५ लाख ३७ हजारको कारोबार गरेको छ ।
सो सहकारीले १८ लाख ८६ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । अन्य बचत तथा ऋण सहकारीमध्ये सबैभन्दा बढी कारोबार, ऋण लगानी, सेयर सदस्य भएको यस संस्थाले वैदेशिक, घर जग्गा, कृषि, व्यापार र शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ ।
संस्थासित छ करोड ५० लाख ९४ हजार बचत रहेको कोषाध्यक्ष विजयकुमार कार्कीले बताए । ३८ लाखमा जग्गा खरिद गरिसकेको र भवन निर्माण गर्ने संस्थाले जनाएको छ । भवनमा प्रशिक्षण केन्द्र, पार्टी प्यालेस, भ्रमणमा आउने सहकारीका पाहुनालाई राख्ने, सिकाई कक्षा चलाउनेलगायतका कार्य गरीने योजना रहेको उनले बताए।
संस्थामा एक हजार १७३ जना शेयर सदस्य, मासिक बचतकर्ता आठ सय छ, दैनिक बचतकर्ता ५६०, आवधिक बचतकर्ता २७ र बाल बचतकर्ता १८३ जना रहेका छन् । संस्थामा दैनिक ५६० जनाले २० देखि दुई हजारसम्म बचत गर्छन् ।
सहकारीले दुई जना शेयर सदस्यलाई रु २० हजारका दरले राहत प्रदान गरेको छ भने १४ जनालाई एम्वुलेन्स सुविधा, ११ जनालाई सुत्केरी पोषण खर्च, पाँच जना उत्कृष्ट ऋणी र दुई जना नियमित मासिक बचतकर्तालाई सम्मानसमेत गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
