२१ कात्तिक २०८३, शनिवार

हिन्दु धर्मावलम्बीहरुको महान् चार्ड बडा दशैं आजबाट सुरु

२०७२ असोज २६, मङ्गलबार
हिन्दु धर्मावलम्बीहरुको महान् चार्ड बडा दशैं आजबाट सुरु

काठमाडाैं । हिन्दु धर्मावलम्बीहरुको महान् चार्ड बडा दशैं आजबाट सुरु भएको छ । दशैंकाे पहिलाे दिन अाज घरघरमा घटस्थापना गरी बडा दशैंको आरम्भ गरिन्छ । दशैं  असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने गरिन्छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हु । घटस्थापनाको दन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी/देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ ।

यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती(सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

उमारिएको जमरा विजया दशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । यो दिन ठूलाले सानालाई सुख, शान्तिर समृद्धि र विजयीको आशीर्वाद दिने गरिन्छ ।

अभिलेख

लोकप्रिय