पुँजी वृद्धि गर्दै कीर्तिपुण्य सहकारी
काठमाडौं । कीर्तिपुण्य बचत तथा ऋण सहकारी संस्थाले आव २०७१/७२ मा ४३ हजार रुपैयाँ करपछिको खूद बचत (नाफा) आर्जन गरेको छ ।
सहकारीको शनिबार सम्पन्न छैटौँ वार्षिक साधारणसभामा अध्यक्ष किरणराम रञ्जितकारले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आव २०७१/७२ मा कुल निक्षेप रु ९६ लाख ६९ हजार पु¥याएको र रु एक करोड ७ लाख ८१ हजार ऋण प्रवाह गरेको जानकारी दिए ।
गत आवको अन्त्यसम्ममा संस्थाको कुल सम्पत्ति तथा दायित्व रु एक करोड १८ लाख ९० हजार पुगेको छ । संस्थाको कुनै पनि भाखा नाघेको ऋण रहेको छैन ।
हाल संस्थाको कुल सदस्य सङ्ख्या ८१ रहेको छ । संस्थाले चालु आवमा पनि पुँजी वृद्धि गर्दै जाने लक्ष्य राखेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
