२ माघ २०८२, शुक्रबार

विपन्न परिवारको सहारा बन्दै सहकारी

२०७२ असोज २४, आईतवार
विपन्न परिवारको सहारा बन्दै सहकारी

रुकुम । जिल्लामा सहकारी संस्था खुल्न थालेपछि विपन्न घरपरिवार आत्मनिर्भर बन्न थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरू ज्यादै कम भएको रुकुममा केही वर्षयता खुलेका सहकारी संस्थाले न्यून व्याजदरमा कर्जा कार्यक्रम सञ्चालन गर्न थालेपछि विपन्न जनताले आयआर्जन बढाउने गरी विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न थालेका हुन् ।

जिल्लाका सबै नगरपालिका तथा गाविसका वडामा सहकारी संस्था खुलेका छन् । सस्तो ब्याजमा भनेकै बेला कर्जा उपलब्ध गराएपछि गरिबको गर्जो टर्न थालेको स्थानीय जनताले बताएका छन् ।

गाउँमा खुलेका सहकारी संस्थाले वार्षिक ७ देखि १३ प्रतिशत व्याजदरमा कर्जा दिने गरेका छन् । जिल्लाका विकट गाउँमा समेत सहकारी संस्थाहरू सञ्चालनमा आएपछि सानो आर्थिक समस्याका कारण साहुको दैलो चहार्नुपर्ने अवस्थाको अन्त्य भएको जिल्ला सहकारी सङ्घका अध्यक्ष नरबहादुर खड्का बताए ।

डिभिजन सहकारी कार्यालय दाङका अनुसार रुकुममा १५४ वटा सहकारी संस्था दर्ता भएका छन् । कार्यालयका अनुसार महिला सहकारीमार्फत पनि स्वरोजगार र सामाजिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

अभिलेख

लोकप्रिय