नमुना काम गर्दै महिला सहकारी
बाँके । महिला तथा बालबालिका कार्यालय बाँकेअन्तर्गत महिला समूहले सञ्चालन गरेका सहकारीको कारोबार दुई करोड ५० लाख पुगेको छ ।
जिल्लाका २६ गाविस र नेपालगन्ज उपमहानगरपालिकामा गरी अहिले जिल्लामा २९ वटा महिला तथा बालबालिका कार्यालयअन्तर्गतका सहकारी रहेको कार्यालय प्रमुख प्रभा श्रेष्ठले जानकारी दिइन ।
ती सहकारीमा करिब ८०० सदस्य रहेका छन् । महिला समूहले मासिक १० देखि रु एक हजारसम्म बचत गर्ने गरेका छन् ।
सहकारीले महिला समूहमा सस्तो ब्याजमा ऋण लगानी गर्नुका साथै आयआर्जन तथा सीपमूलक तालिम गर्दै आएका छन् ।
सो कार्यालयले लैङ्गिक हिंसा न्यूनीकरणका लागि बाँकेमा निगरानी समूह गठन गर्ने प्रक्रियालाई पनि तीव्रता दिएको छ । अहिलेसम्म नौ गाविसमा नौवटा, नेपालगन्ज उपमहानगरपालिकामा पाँचवटा र कोहलपुर नगरपालिकामा दुईवटा निगरानी समूह गठन गरिसकेको कार्यालयले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार
सहकारी क्षेत्रमै न्यून ब्याजदरमा मनकामना साकोसको ऋण योजना
८ जेष्ठ २०८३, शुक्रबार