सहकारीलाई महत्व दिएको संविधान : बडाल
काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले संविधानसभाबाट ३ असोजमा जारी भएको नेपालको संविधानले सहकारी क्षेत्रलाई आर्थीक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा उल्लेख गरेको बताएका छन् । उनले नेपालको संविधानले सहकारी, निजि र सार्वजनिक क्षेत्रलाई समान महत्व दिएको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)मा सोमबार भएको सहकारी समन्वय सञ्जालको ३४ बैठकलाई सम्बोधन गर्दै नेपालको सविधानले सहकारी क्षेत्रलाई सम्बोधन गरेको बताए । उनले समावेशीको हिसाबले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको समेत बताए ।
सञ्जालले नेपालको स्रविधान २०७२ को स्वागत गर्ने प्रस्तावसमेत पारित गरेको थियो । सो सञ्जालमा विभिन्न विषयत २० वटा सहकारी केन्द्रीय संघ, गरिवि निवारण तथा सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी विकास बोर्ड, सहकारी बैंकका प्रतिनिधिहरु रहेका छन् । पत्येक २ महिनामा सञ्जालको बैठक बसेर नेपालको सहकारी क्षेत्रमा देखिएको समस्या तथा जटिलताका विषयमा छलफल गरि त्यसको समाधानका लागि आवश्यक पहल गर्ने काम गर्दछ ।
सो अवसरमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले नेफ्स्कूनको पछिल्लो गतिविधिको विषयमा प्रकास पारेका थिए । कार्यक्रममा सहभागीहरुले आइक्यानले अडिट चार्जमा अत्याधिक बृद्धि गरेकोमा गुनासो गर्दै त्यसले ग्रामिण भेगका सहकारी क्षेत्र मारमा परेको बताए । त्यसैगरि सहकारी क्षेत्रमा राज्यले लगाएको करको विषयमा पुर्नमुल्यांकन गर्नुपर्ने समेत माग उठेको थियो ।
विषयगत केन्द्रीय संघहरुले आफ्नो क्षेत्रमा भएको गतिविधिका विषयमा प्रकास पारेका थिए । राष्ट्रिय सहकारी बैंककी संचालक सरिता भट्टराईले बैंक उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने र देशलाई आत्मनिर्भर बनाउनका लागि सहकारी क्षेत्रले शुरुआत गर्नुपर्ने धारणा राखेकी थिइ्न । उनले सहकारीले उत्पादन गर्ने सामाग्रीको गुणस्तर पँहिचान गरि उपभोक्तामाझ लोकप्रिय बनाउनुपर्नेमा समेत जोड दिएकी थिइ्न ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार