२१ कात्तिक २०८३, शनिवार

सफल सहकारीकर्मीका रुपमा स्थापित नाम : अमरावती मर्हजन

२०७२ असोज १७, आईतवार
सफल सहकारीकर्मीका रुपमा स्थापित नाम : अमरावती मर्हजन

अमरावती मर्हजन :-
अध्यक्ष, उपासना महिला बचत तथा ऋण सहकारी संस्था, सितापाईला काठमाडौं,
प्राय नेपाली महिलाहरु अहिलेको युगमा पनि चुलोचौकोमा मात्रै रुमल्लिएका देखिन्छन् । गृहिणीबाट माथि उठ्न अझै महिलाका लागि निकै सकस र संघर्षको जरुरत पर्छ । एसएलसी दिँदा नदिँदै कर्मचारीका रुपमा सहकारीमा प्रवेश गरेकी अमरावती महर्जन भने कुशल गृहिणी मात्रै नभएर यतिबेला एक सफल सहकारीकर्मीका रुपमा स्थापित नाम बनिसकेको छ ।

काठमाडौंको सितापाइला ४ मा जन्मिएकी महर्जनले १० वर्ष सहकारीमा कर्मचारीको रुपमा काम गर्दा बटुलेको अनुभव अहिले आएर सफल सहकारीकर्मी बन्नमा उपयोग गरेकी छिन् । उनीले महिलाहरुलाई सहकारीका बारेमा ज्ञान मात्रै बाँडिनन्, उनीहरुलाई नै समेटेर सहकारी स्थापना गरेकी हुन् । उनी अहिले महिला सहकारीका क्षेत्रमा त्यही संघर्ष, लगाव, लगान र समर्पणले सफल भएको बताउँछिन् । एउटी महिलाका लागि घर व्यवहारसँगै कुनै सँस्थालाई समेत स्थापित बनाउँन निकै कठिन छ । महर्जन भने त्यही कठिन यात्राकी एक यात्री हुन् । उनी अहिले जिल्ला सहकारी संघ काठमाडौकी संचालक समेत बन्न सफल भएकी छिन् । यसै सेरोफेरोमा रहेर उनीसँग सहकारी खबर डटकमका लागि काजी श्रेष्ठले गरेको भलाकुसारी भोली (सोमबार) प्रकाशित गर्नेछौं ।

amarawati maharjan2

अभिलेख

लोकप्रिय