२१ कात्तिक २०८३, शनिवार

कृषि सहकारीको ४ करोड कारोबार

२०७२ असोज १७, आईतवार
कृषि सहकारीको ४ करोड कारोबार

दैलेख । जिल्लाको नमूना सहकारीको उपमा पाएको गोठपाँडा कृषक सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा चार करोड ३५ लाख बढीको कारोवार गरेको छ ।

कृषकको समुह मिलेर सुरुवात भएको उक्त संस्थाले नवौं वार्षिक साधारणसभामा आर्थिक गतिविधि प्रस्तुत गर्दै सो जानकारी गराएको छ ।

छ सय २० जना सदस्य रहेको सहकारी संस्थाले अहिले यूवा स्वारोजगार बचत, बाल बचतलगायतका वभिन्न कामसँगै विपन्न वर्गका नागरीकहरुलाई ऋण प्रवाह गर्दै आएको छ ।

व्यक्तिगत र सामुहिक ऋण प्रदान गर्दै आएको सहकारीले आगामि दिनमा अझै प्रभावकारी सेवा विस्तार गरी गाउँमा रहेको गरिवि निवारणमा टेवा पु¥याउने गतिविधि सञ्चालन गर्ने संस्थाकि अध्यक्ष मुना थापाले बताए ।

अभिलेख

लोकप्रिय