मुक्तिनाथ विकास बैंक कर्मचारी पक्राउ
नारायण पौडेल
काठमाडौं । फर्जी लगानी गरेको देखाई रकम हिनामिना गर्ने मुक्तिनाथ विकास बैंक लिमिटेड लघु वित्त डेस्क कार्यालय दुलेगौडा, तनहुँका तत्कालीन कामु सहायक अधिकृत असराज खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
खनालसहितका व्यक्तिले रु ३६ लाख ५४ हजार ५१७ कीर्ते रुपमा फर्जी लगानी गरेको देखाई रकम निकासा गरी लिई फरार रहेकामा सर्लाही जिल्ला जानकीनगर घर भएका खनाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
सो घटनापछि बैंकमा निलम्बनमा परी फरार रहेका खनाललाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकामा लुकिछिपी बसिरहेको अवस्थामा महाशाखाको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
आवश्यक अनुसन्धान तथा कारबाहीका लागि खनाललाई इलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँ पठाइएको महाशाखाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
