आदर्श सञ्चार सहकारीको अध्यक्षमा थापा
बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको नवौँ साधारणसभाले अम्मरबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति र मिनबहादुर केसी (मिलन) को संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा हुमा कुमारी जि.सी. (अञ्जु), सचिवमा प्रेम लामिछाने, सह–सचिवमा ललिता थापा तथा कोषाध्यक्षमा अनन्तबहादुर खड्का रहेका छन् ।
समितिका सदस्यहरुमा गंगा शर्मा, शान्ति ज्ञवाली, शान्ति श्रेष्ठ, राजेश श्रेष्ठ, थानेन्द्रप्रसाद गौतम, राजेशचन्द्र राजभण्डारी, योगेन्द्रराज पराजुली र सन्तोष क्षेत्री रहेका छन् । यस्तै लेखा समितिका सदस्यहरुमा सरस्वती खड्का परियार र हरिराम अधिकारी चयन भए । नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापाले आदर्शले लिएको लक्ष्य अनुसार विगतका कार्यक्रमलाई निरन्तरता दिदै आगामी दिनमा थप नया योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
संस्थाले धौलागिरि जागरण दैनिक र अग्रसर मासिक पत्रिका प्रकाशन गर्दै आइरहेको छ । पत्रिका प्रकाशनका अलावा संस्थाले वचत तथा ऋणको कारोबार गर्नुका साथै सूचना र सञ्चार, सहकारिता एवम् आर्थिक सामाजिक क्रियाकलापमा काम गर्दै आएको छ । संस्थामा हाल ७ सय ८० जना शेयर सदस्य र २ करोड शेयर रकम पुगेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
