२१ कात्तिक २०८३, शनिवार

साझा प्रकाशन सहकारीको साधारणसभा स्थगित

२०७२ असोज १५, शुक्रबार
साझा प्रकाशन सहकारीको साधारणसभा स्थगित

काठमाडौं । पुनरावेदन अदालत पाटनको आदेशका आधारमा शनिबारका लागि तोकिएको साझा प्रकाशन सहकारीको २३ औं साधारणसभा अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आठ वर्षदेखि हुन नसकेको सभा तोकिएको भए पनि अदालतको अन्तरिम आदेशको पालना गरी हाललाई स्थगन गरिएको बताए ।

तीन प्रमुख दल निकट सांस्कृतिक मोर्चाले आजै (शुक्रबार) मात्र साधारणसभामा आफ्ना तर्फबाट तीन सञ्चालक सदस्य पदको निर्वाचनमा संयुक्त उम्मेदवारी घोषणा गरेका थिए ।

साझालाई शिक्षा मन्त्रालयको मातहतमा ल्याइएको विषय विवाद उत्पन्न भएपछि सो विषय अदालतमा पुगेको हो । आर्थिकरुपमा डुबेको साझा प्रकाशनलाई माथि उठाउन तथा वर्तमान सङ्कमणकालीन अवस्थामा साझा बचाउ अभियानका अभियन्ताका रुपमा डा विजय सुब्बा, डा जीवनचन्द्र कोइराला र हरिहर खनाललाई समर्थन गरिएको ती संस्थाले जनाएका छन् ।

अभिलेख

लोकप्रिय