लालिगुराँसको १७औं वार्षिक उत्सव, सरकारलाई ३ करोड ६८ लाख राजश्व बुझायो
सहकारीको १७औं वार्षिक उत्सवको अवसरमा प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको समग्र विकासको संस्थाले आगामी वर्षमा थप नयाँ योजनाहरुमा लगानी गर्दै लैजाने बताए । संस्थाले सदस्यहरुको सुविधाको लागि काठमाडौको चावहिल, भक्तपुरको कौशलटार र ललितपुरको चापागाउँका सदस्य सुविधा काउण्टर संचालन गरेको छ । संस्थाद्वारा लालीगुराँस हस्पटिल एण्ड रिसर्च सेन्टर प्रा.लि., श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि., जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग सेन्टर प्रा.लि. र चितवनको कुमरोजमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर संचालन गरेको छ । यो नेपाल कै सबैभन्दा ठुलो गाई पालन परियोजना रहेको छ । सो फार्ममा हाल करिब ४ सय गाई पालन गरिएको छ ।
यस संस्थाले आ.ब. २०७१/७२ मा ७ करोड ९० लाख ५० हजार ४ सय ०३ रुपैया सञ्चालन मुनाफा आर्जन गरेको छ । सो अवधीमा ५ करोड ९६ लाख ४० हजार २ सय २२ रुपैया खुद मुनाफा आर्जन गरेको छ यो रकम गत वर्षको तुलनामा मुनाफामा ४ दशमलब ८ प्रतिशतले बृद्धी भएको छ । त्यसैगरी, आव २०७०/०७१ को कूल कारोबार ३ अर्ब ३३ करोड ६८ लाख ६१ हजार ६ सय ५७ रुपैया रहेकोमा चालु आ.व. मा १३ दशमलब ५२ प्रतिशतले बृद्धी गरी कुल कारोवार ३ अर्ब ७८ करोड ८१ लाख ९६ हजार ८१ रुपैया पु¥याएको छ । संस्थाको आ.व. २०७०/०७१ मा २ अर्ब ८५ करोड २९ लाख ५८ हजार ३ सय ६ रुपैंया निक्षेप रहेकोमा आ.व. २०७१/०७२ मा १३ दशमलब ४९ प्रतिशतले बृद्धी भई ३ अर्ब २३ करोड ७७ लाख ९७ हजार ४ सय ८७ रुपैंया पुगेको छ ।
काठमाडौं । पुल्चोक स्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यस आर्थिक वर्षमा सरकारलाई ३ करोड ६८ लाख भन्दा बढि रकम राजश्व बुझाएको छ ।
कर्जा लगानी तर्फ आर्थिक वर्ष २०७०÷०७१ मा २ अर्ब ९ करोड ८० लाख ७३ हजार ४ सय ७७ रुपैया रहेकोमा, चालु आ.व. मा ७ दशमलब ९६ प्रतिशतले वृद्धी भई २ अर्ब २६ करोड ५१ लाख ३२ हजार २ सय ३९ रुपैया पुगेको छ । शेयर पूँजी तर्फ २०७०/०७१ को कुल शेयर पूँजी २५ करोड ६५ लाख ५३ हजार ४ सय मात्र रहेकोेमा आ.व. २०७१/७२ मा १० दशमलब ०५ प्रतिशतले बृद्धी भई २८ करोड २३ लाख ४४ हजार ९ सय रहेको छ । राष्ट्रिय सहकारी संघले यस संस्थालाई यो वर्षको संस्थागत तर्फ उत्कृष्ठ सहकारी पुरस्कार प्रदान गरेको छ । यस्ले गर्दा सहकारी क्षेत्रमा यस संस्थाको नाम उच्च बन्न सफल भएको छ ।
२०५६ साल भाद्र १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ आश्विन १५ गतेबाट आफ्नो कारोबार सुरु गरेको यस संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थाको मुख्य लगानीमा संचालित श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि. मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यस्तै सो संस्थाले आ.व. ०६६/६७ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट संचालित चिकित्सा शास्त्र बिषयमा स्नातक तह एम.वि.वि.एस.मा अध्यापन गराउन साझेदारी छात्रवृत्ति कार्यक्रम सुचारु गरेको छ । सो अन्तर्गत गोरखा जिल्लाको अति दुर्गम क्षेत्रबाट यस संस्थाको सहयोगमा एक विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराईएको छ । संस्थाको मुख्य लगानीमा संचालित लालीगुराँस हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लि. सातदोबाटो ताल्छिखेलमा प्रत्येक महिनाको १ पटक निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने ब्यबस्था गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
