२१ कात्तिक २०८३, शनिवार

प्रभु म्यानेजमेन्ट र निर्धन बैंकबीच रेमिट्यान्स सम्झौता

२०७२ असोज १५, शुक्रबार
प्रभु म्यानेजमेन्ट र निर्धन बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । प्रभु मनि ट्रान्सफर अन्तरगत प्रभु म्यानेजमेन्ट प्रा.लि र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार निर्धन उत्थान बैंकका देशैभरीका १ सय ७६ वटै शाखाबाट रेमिट्यान्स कारोबार गर्न सकिने छ ।

पछिल्लो समयमा ग्रामिण क्षेत्रमा सहकारी मार्फत रेमिट्यान्स कारोवारमा सक्रिय रहेको प्रभु मनि ट्रान्सफरले यो सम्झौतासँगै लघुवित्त क्षेत्रमा सक्रिय निर्धन उत्थान बैंकका सबै शाखाबाट कारोबार गर्न सकिने छ । विभिन्न बैंक मार्फत शहरी क्षेत्रमा सक्रिय बैंक तथा बित्तिय संस्थाहरु विस्तारै ग्रामिण तहसम्म पुगेका छन् । यस सम्झौतासँगै विदेशका जुनसुकै कुनामा बसोबास गर्ने नेपालीहरुले प्रभूबाट पठाएको रेमिट्यान्स निर्धन उत्थान बैंकबाट निकाल्न र नेपाल अधिराज्यभरी नै रकम पठाउन सक्नेछन् ।

सम्झौता पत्रमा प्रभू म्यानेजमेन्टका तर्फबाट म्यानेजिङ डाइरेक्टर कुशुम लामा तथा बजार व्यबस्थापक रोसन रखालले हस्ताक्षर गरेका छन् भने निर्धन उत्थान बैंकका तर्फबाट नायव महाप्रवन्धक भोजराज बस्याल र लेखा प्रमुख मुकेश दाहालले हस्तार गरेका छन् ।

अभिलेख

लोकप्रिय